ताजा समाचार

सरकारका कारण खाडीमा कार्यरत नेपाली महिला घर जानबाट बञ्चित

काठमाडौं, ३० साउन । खाडीबाट बिदामा गएका घरेलु कामदारलाई फर्केर आउन नेपाल सरकारले रोकेपछि चितवनकी सपना घले घर गएकी छैनन् । २० बर्षदेखि खाडीमा हाउसमेडका रुपमा कार्यत घलेले घरमालिकबाट बिदा पाए पनि गइनन् ।

‘हरेक दुई दुई बर्षको अन्तरालमा नेपाल जान्थें, एक दुर्इ महिना परिवारसँग बसेर फर्कन्थेँ । हामीलाई त आफ्नै सरकारले घर जान पनि रोकिदियोु उनले भनिन्, ुआफ्नै सरकारले पो मानसिक तनाव दिएको छ ।’ १३ बर्षदेखि ओमनमा कार्यरत लमजुङकी मधु गुरुङ सरकारले लिएको नीति हचुवा र केटाकेटी खेलेजस्तो गैरजिम्मेवार भएको ठान्छिन् ।

‘यातना दिने, तलब नदिने र शोषण गर्ने त्यही घरमा फेरि फर्किदैनन् भन्ने खाडीमा जो कोहीले बुझेका छन् । मैले तीन पटक श्रम स्वीकृति लिएर एउटै घरमा काम गर्न आएकी छु, उनले भनिन् म त्यही घरमा काम गर्न जान्छु भनदा किन नपाउने ?’ आजको कान्तिपुरमा खबर छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org