ताजा समाचार

देवेन्द्र पौडेलसहितका नेताले पार्टी छोडेपछि बाबुराम भट्टराईले गरे यस्तो हमला

काठमाडौं, ४ भदौं । पार्टी नेताहरुले लगातर पार्टी छाडेपछि नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले इसारै इसारामा ती नेताहरुमाथि हमला गरेका छन् । आज विहान सामाजिक संजाल फेसवुकमा एक फोटोसहित स्टाट्स राखेर डा. भट्टराईले यस्तो हमला गरेका हुन् । पछिल्लो पटक देवेन्द्र पौडेलसहितका १५ नेताले उनीसँग सम्बन्ध विच्छेद गरेपछि भट्टराईले उनीहरुमाथि सामाजिक सञ्जालको सहारामा हमला गरेका हुन् ।

भट्टराईले आज विहान एक स्टाटस लेखेर यस्तो भनेका छन्, ‘नयाँ शक्ति समृद्ध नेपाल निर्माण गर्ने सपना बोकेको एउटा नितान्त नयाँ विरूवा हो ! यो हुर्कन र फल्न प्रकृतिको नियम अनुसार केही समय लाग्छ ! जन्मदैमा फल लागेको भ्रममा हैसिने तर फल नभेट्टाए पछि निराश भएर विरूवा नै उखेल्ने वा पुरानो चिलाउनेको धोत्रो रूखमा लगेर कलमी गर्ने मूर्खता नगरौं ! सक्छौं धैर्यतापूर्वक विरूवालाई मलजल गरौंस सक्दैनौं भने आफैले रोपेको विरूवालाई यो वा त्यो वहानामा निमोठ्ने काम नगरौं!!’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org