ताजा समाचार

पत्रकार महासंघको ४७ सदस्यीय नयाँ नेतृत्वको लागि आज चुनाव, को को छन् प्रतिस्पर्धामा ?

काठमाडौं, ५ भदौं । नेपाल पत्रकार महासंघको नयाँ नेतृत्वका लागि आज मतदान हुँदैछ । व्यावसायिक पत्रकारिताको आधार प्रेस स्वतन्त्रता र श्रम अधिकारको नारासहित आइतबारदेखि काठमाडौंमा सुरु भएको २५ औँ अधिवेशनले ४७ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ ।

नयाँ कार्यसमितिका लागि आज बिहान ९ बजेदेखि मतदान हुनेछ । त्यसका लागि आइतबार नै उम्मेदवारी दर्ता भइसकेको छ । ४७ पदका लागि १२१ जनाको उम्मेदवारी परेको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । अध्यक्ष पदका लागि गोविन्द आचार्य, तीर्थ कोइराला, इन्द्रबहादुर राउत, उजिर मगर र भावना विद्रोहीको उम्मेदवारी परेको छ । त्यस्तै उपाध्यक्ष खुला एक पदका लागि विपुल पोखरेल, मात्रिका पौडेल र दीपक पाठकको उम्मेदवारी दर्ता भएको छ । यस्तै महासचिव एक पदका लागि रमेश विष्ट र बालकृष्ण बस्नेतबिच प्रतिस्पर्धा हुने भएको छ ।

महिला सचिव लागि लक्ष्मी पुन र सुष्मा पौडेलले उम्मेदवारी दिएका छन् । उपाध्यक्ष समावेशी एक पदका लागि दिलिप थापामगर र महेश दासको उम्मेदवारी परेको छ भने कोषाध्यक्ष पदका लागि खगेन्द्र पन्त र राजेश मिश्रको उम्मेदवारी परेको छ । महासंघको चुनावका लागि देश तथा विदेशबाट एक हजार ५१५ प्रतिनिधि काठमाडौं आएका छन् । महाधिवेशन आजै सकिनेछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org