प्रधानमन्त्री देउवाको भारत भ्रमण कार्यतालिका सार्वजनिक, ८ गते राष्ट्रपति रामनाथ र मोदीलाई भेट्ने
काठमाडौं, ५ भदौं । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण कार्यतालिका सार्वजनिक गरिएको छ । भदौ ७ गते पाँच दिने राजकीय भ्रमणका लागि जान लागेका देउवाको कार्यतालिका सार्वजनिक गरिएको हो । पत्नी आरजु देउवा राणासहित नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गरेर देउवा भारत जान लागेका देउवा राष्ट्रपति भवनमा पाहुना बन्ने छन् ।
परराष्ट्र मन्त्रालयका अनुसार ८ गते बिहान उनको सम्मानमा दिइने ‘गार्ड अफ अनर’मा अवलोकन गर्नेछन् । त्यसपछि प्रधानमन्त्री देउवा राजघाटमा रहेको महात्मा गान्धीको समाधीस्थलमा गएर श्रद्धान्जली दिनेछन् । त्यही दिन उनले भारतीय राष्ट्रपति रामनाथ कोविन्द, उपराष्ट्रपति वेंकैया नयडुसँग छुट्टाछुट्टै भेट वार्ता गर्ने छन् ।
सोही दिन प्रधानमन्त्री देउवा र उनका भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता हुनेछ । प्रधानमन्त्री देउवाको सम्मानमा भारतीय प्रधानमन्त्री मोदीले सोही दिन दिवाभोजको आयोजना गर्नेछन् । दिल्लीमा रहँदा देउवाले भारतीय बुद्धिजिवी र उद्यमीहरूसँग पनि छलफल गर्ने कार्यक्रम छ ।
परराष्ट्र मन्त्रालयले भ्रमणका क्रममा प्रधानमन्त्री देउवा भारतीय राज्यहरू तेलंगना, आन्द्रप्रदेश र बिहार पनि जाने जानकारी दिएकोछ । ती राज्यको कुन ठाउँमा के कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री सहभागी हुने भन्ने खुलाएको छैन । उनी ११ गते स्वदेश फर्कने कार्यक्रम छ ।
मन्त्रिपरिषद्द्धारा भ्रमण कार्यक्रम अनुमोदनः
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले प्रधानमन्त्री देउवाको भारत भ्रमण अनुमोदन गरेको छ । मन्त्रिपरिषद बैठकले कोशी, लक्ष्मणपुर लगायतका बाँधबाट भएका क्षति र नोक्सानीबारे भारतीय पक्षसँग छलफल गर्ने निर्णय गरेको छ । ‘कोशी बाँध बनाउँदा स्थानीय जनतालाई दिने भनेको ५० करोड भारत सरकारले दिएको छैन’, सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता मोहनबहादुर बस्नेतले भने, ‘यसबारे कुरा हुन्छ ।’
भारतीय पक्षसँग पञ्चेश्वर जलविद्युत आयोजना, १९५० का सन्धी र सुपुदर्गी सन्धीका साथै नेपाल–भारत रेलवे बारेमा समेत छलफल हुने मन्त्री बस्नेतले बताए । भूकम्प पुनर्निर्माण प्राधिकरणलाई भारतले दिएको सहयोग नआएकाले प्रधानमन्त्री देउवाको भ्रमणका क्रममा भारतीय पक्षसँग यसबारेमा समेत छलफल गर्ने सरकारको निर्णय छ ।
Comments
अरु समाचार
-
राजदूत पौड्यालद्वारा क्यानडाकी गभर्नर जनरलसमक्ष ओहोदाको प्रमाणपत्र पेश
काठमाडौं । क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले त्यहाँका गभर्नर जलरल मेरी जे मे सिमनसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका...
-
अफगान मस्जिदमा बन्दुक आक्रमणमा छ जनाको मृत्यु
काठमाडौं । पश्चिमी अफगानिस्तानमा बन्दुकधारीले एक मस्जिदमा आक्रमण गर्दा छ जनाको मृत्यु भएको सरकारका एक प्रवक्ताले मङ्गलबार बताएका छन् ।...
-
कोलम्बिया सेनाको हेलिकप्टर दुर्घटना हुँदा नौ सैनिकको मृत्यु
काठमाडौं । उत्तरी कोलम्बियामा सैनिकहरूलाई आपूर्ति गरेर फर्कने क्रममा सोमबार सेनाको हेलिकप्टर दुर्घटना हुँदा त्यसमा सवार नौ सैनिकको मृत्यु भएको...
-
नाइजेरियामा दादुराका कारण १९ बालबालिकाको मृत्यु
काठमाडौं । नाइजेरियाको उत्तरपूर्वी राज्य अदामावामा दादुरा सङ्क्रमणबाट हालसम्म कम्तीमा १९ बालबालिकाको मृत्यु भएको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन् ।...
-
एम्बाप्पे चम्किँदा पीएसजीको सानदार जित, उपाधिका लागि अब एक जित आवश्यक
काठमाडाैँ । कप्तान केलियन एम्बाप्पे चम्किएको खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित हात पारेको छ...
-
फिलिपिन्समा चरम गर्मीका कारण छको मृत्यु
काठमाडौं । फिलिपिन्सको स्वास्थ्य विभाग (डिओएच) ले यस वर्ष जनवरी १ देखि अप्रिल १८ को अवधिसम्ममा छ जनाको मृत्युसहित गर्मीसम्बन्धी...
-
अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित
काठमाडौं । अत्यन्त लोकप्रिय सामाजिक सञ्जाल एप टिकटकलाई यसको चिनियाँ मूल कम्पनी बाइटडान्सबाट अलग गर्न वा अमेरिकी बजारबाट बन्द गर्नुपर्ने...
-
कतारका अमिर र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता
काठमाडौं । नेपाल भ्रमणमा रहेका कतारका शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ...
-
मलेसियामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा १० को मृत्यु
काठमाडौं । मलेसियाको पेराक राज्यमा मङ्गलबार बिहान मलेसियाली सेनाको दुई वटा हेलिकप्टर आकाशमा ठोक्किँदा १० जनाको मृत्यु भएको छ ।...