३७ सांसद भएको राप्रपा अब १९ मा सिमित, पार्टीको ह्वीप उल्लंघन गर्ने १८ सांसदमाथि कारवाही गर्ने
काठमाडौं, ६ भदौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्ना १८ सांसदमाथि कारबाही गर्ने तयारी गरेको छ । कुल ३७ सांसद रहेका राप्रपासँग अब १९ सांसदमात्र देखिएका छन् । व्यवस्थापिका संसदमा चौथो राजनीतिक शक्तिका रुपमा रहँदै विभाजन भएको राप्रपा अब १९ सांसदमा सीमित भएको हो ।
पार्टी नेतृत्वप्रति गम्भीर असन्तुष्टि जनाउँदै पशुपति शमसेर राणाले पार्टी विभाजन गराएका थिए । राणा हाल राप्रपा (प्रजातान्त्रिक) नामको पार्टी दर्ता प्रक्रियामा छन् । निर्वाचन आयोगमा दल दर्ताका लागि आवश्यक प्रक्रिया बढाउन सोमबार सर्वोच्च अदालतले समेत आयोगलाई निर्देशन दिइसकेको छ ।
सोमबार व्यवस्थापिका संसदमा संविधान संशोधन विधेयक निर्णयार्थ पेश हुँदा राप्रपाका १९ सांसदमात्र उपस्थित थिए । संसद बैठकमा अनिवार्य उपस्थित हुन सो पार्टीको संसदीय दलको प्रमुख सचेतक कुन्ती शाहीले ह्वीप जारी गरेकी थिइन् । तर ह्वीपविपरीत १८ सांसद अनुपस्थित रहे ।
संसद बैठकमा कमल थापा, जयन्त चन्द, दिलनाथ गिरी, विक्रम बहादुर थापा, गंगाप्रसाद यादव, कुन्ती शाही, भाष्कर भद्रा, दिनेश श्रेष्ठ, सुशील श्रेष्ठ, परशुराम तामाङ, राजेश्वरी देवी, लिला श्रेष्ठ, भक्त बहादुर खपाङ्गी, श्यामसुन्दर टिवडेवाल, राजकुमार अग्रवाल, राम दुलारी चौधरी, कान्ति पासी, गणेश थापा र कान्ता भट्टराई उपस्थित थिए ।
राप्रपाकै सांसद रहेर संसद बैठकमा ह्वीप विपरीत अनुपस्थित हुनेमा आनन्दीदेवी पन्त, इस्तिहाक अहमद खान, गीता सिंह, दीपक बोहोरा, विक्रम पाण्डे, रमेशकुमार लामा, राज्यलक्ष्मी श्रेष्ठ, लक्ष्मी थापा पासवान, सरोज शर्मा, सुनीलबहादुर थापा, सीता लुइँटेल ज्ञवाली, शयन्द्र वान्तवा, विराज विस्ट, बबिना मोक्तान लावती, रेशमबहादुर लामा, रामकुमार सुब्बा, धानो महरा, कमल शर्मा रहेका छन् ।
पार्टी ह्वीप उल्लंघन गर्ने सांसदहरुमाथि कारवाहीका लागि अाज बिहान राप्रपा संसदीय दलको कार्यालयमा संसदीय दल, पदाधिकारी र कार्य सम्पादन समितिको बैठक बस्दैछ । बैठकले उनीहरुमाथि कारवाही गर्ने राप्रपाले जनाएको छ ।
Comments
अरु समाचार
-
उपनिर्वाचनको समीक्षा गर्न रास्वपाको सचिवालय बैठक बस्दै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालयको बैठक आज बस्दैछ। उपनिर्वाचनको समीक्षा गर्न मुख्य पार्टी कार्यालयमा साढे ४ बजे...
-
आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै, पत्रकार महासंघद्वारा काठमाडौंमा प्रभातफेरी
काठमाडौं । आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका लागि प्रेसः वातावरणीय सङ्कटको सामनामा पत्रकारिता’ नाराका साथ प्रेस स्वतन्त्रताको...
-
एमाले पश्चिम नवलपरासीको ९ औं अधिवेशन आजदेखि
रुपन्देही । नेकपा एमाले पश्चिम नवलपरासीको ९ औं अधिवेशन शुक्रबार आजदेखि सुरु हुँदैछ । शुक्रबार र शनिबार हुने अधिवेशन उद्घाटनका...
-
कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन : गृहमन्त्री लामिछाने
काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुन नहुने बताउनुभएको छ । बाँकेको...
-
मन्त्रिपरिषद्को बैठक बस्दै, बजेट अधिवेशन आह्वानको तयारी
काठमाडौं । मन्त्रिपरिषदको बैठक आज बस्दैछ। बैठक प्रधानमन्त्री कार्यालय सिंहदरबारमा दिउँसो २ बजे बोलाएको छ। आजको बैठकमा सरकारले संघीय संसदको...
-
सबै श्रमिकलाई सरकारले सामाजिक सुरक्षा कार्यक्रमको दायरामा ल्याउनुपर्छ: शंकर पोखरेल
काठमाडाैं । सत्तारुढ दल नेकपा एमालेका महासचिव शंकर पोखरेलले सबै श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको दायरामा ल्याउन सरकारसँग आग्रह...
-
श्रमिकको समस्या समाधान गर्न सरकारले सुरु गर्यो ‘श्रमाधान’ सेवा
काठमाडौं । श्रमिकका विभिन्न समस्या, गुनासो र जिज्ञासालाई समाधान र सुधार गर्ने उद्देश्यसहित सरकारले श्रमाधान सेवाको थालनी गरेको छ ।...
-
श्रमिक अधिकार कार्यान्वयन गरी सामाजिक सुरक्षाको प्रत्याभूति जरूरीः पूर्वप्रधानमन्त्री खनाल
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानीत नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले संविधानप्रदत्त श्रमिक अधिकारलाई कार्यान्वयन गरी रोजगारीको...
-
विधेयक पारित नगरी अन्त्य भयो कर्णाली प्रदेशसभाको तेस्रो अधिवेशन
काठमाडौं । कर्णाली प्रदेशसभाको तेस्रो अधिवेशन ११ वटा बैठक बसेर अन्त्य गरिएको छ । बैठकले कुनै पनि विधेयक पारित गर्न...