ताजा समाचार

संशोधन प्रस्ताव फेल भएपछि भावी रणनीति बनाउन राजपा बैठक बस्दै

काठमाडौं, ६ भदौं । संविधान संशोधनको प्रस्ताव फेल भएपछि आगामी रणनीति तय गर्न राजपा बैठक बस्दैछ । नेपाल सरकारले व्यवस्थापिका संसदमा प्रस्तुत गरेको संविधान संशोधन विधेयक सोमबार फेल भएको थियो । राजपाको दबाब तथा आग्रहमा संसदमा पेश गरिएको प्रस्ताव फेल भएपछि आगामी रणनीति तय गर्न राजपा बैठक बस्न लागेको हो । भावी रणनीति तय गर्न पार्टीको पदाधिकारी समितिको बैठक पार्टी कार्यालयमा बस्दै छ । आज बिहान ११ बजेदेखि पार्टीको बैठक बस्ने राजपा नेता केशव झाले जानकारी दिए ।

आन्दोलनरत मधेसी दलको माग सम्बोधन गर्न नेपालको संविधान (दोस्रो संशोधन) विधेयक सोमबार संसदमा पेस गरेको थियो । तर, प्रस्तावमाथि मत विभाजन गर्दा संशोधनको पक्षमा आवश्यक दुई तिहाई मत पुग्न नसकेपछि विधेयक अस्वीकृत भएको थियो ।

राजपाले यसअघि नै मतपरिणाम स्वीकार गर्ने बताइसकेको छ । र, अगामी असोज २ मा हुने स्थानीय तह अन्तरगत प्रदेश नम्बर २ को निर्वाचनमा पनि भाग लिने बताइसकेको छ । आजको बैठकमा भावी चुनावमा पार्टीले अख्तियार गर्ने रणनीति तथा संशोधन प्रस्ताव फेलभएपछि उत्पन्न परिस्थितबारे समिक्षा हुनेछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org