ताजा समाचार

प्रधानमन्त्री देउवालाई भारतमा ‘गार्ड अफ अनर’ प्रदान


काठमाडौं, ८ भदौं । भारतको पाँच दिने राजकीय भ्रमणमा रहेको प्रधानमन्त्री शेरबहादुर देउवालाई ‘गार्ड अफ अनर’ प्रदान गरिएको छ । विशेष राजकीय सम्मान ग्रहणका लागि राष्ट्रपति भवनको प्रागणमा पुग्दा देउवालाई भारतीय समकक्षी नरेन्द्र मोदीले स्वागत गरेका थिए ।

‘गार्ड अफ अनर’ ग्रहण गरेपछि संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री देउवाले भारतले नेपालको विकासमा सहयोग गरेको बताउँदै थप सहयोगका लागि आग्रह गरे । लगतै प्रधानमन्त्री देउवा महात्मा गान्धीको समाधी स्थल राजघाट प्रस्थान गरेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org