ताजा समाचार

देउवा र मोदीद्धारा दिल्लीबाटै स्विच थिचेर गरे कटैया-कुशाहा प्रशारणलाइनको उद्घाटन

काठमाडौं, ८ भदौं । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कटैया(कुशाहा १ सय ३२ केभीए प्रसारणलाइनकोे संयुक्त रुपमा उदघाटन गरेका छन् । भारत भ्रमणमा रहेका बेला प्रधानमन्त्री देउवा र मोदीले संयुक्त रुपमा स्वीच थिचेर प्रसारणलाइनको उदघाटन गरेका हुन्।

यो उदघाटनसँगै यो कटैया कुशाहा प्रसारणलाइनबाट थप ५० मेगावाट विद्युत नेपाल आयात गर्न मिल्छ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भने, ‘अब यो प्रशारणलाइनबाट पनि विद्युत आयात सुरु हुनेछ ।’

आगामी वर्षको माग धान्ने नदेखेपछि प्राधिकरणले अहिले थप प्रसारणलाइन मार्फत विद्युत ल्याउने भएको हो । कटैया कुशाहा १ सय ३२ केभीको प्रसारणलाइन गत फेब्रअरीमा नै निर्माण सम्पन्न भएको थियो । तर हालसम्म यसबाट विद्युत आयात भने भएको छैन । यो प्रसारणलाइनबाट ५० मेगावाट विद्युत आयात गर्न मिल्नेछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org