सेनालाई लोकसेवा परीक्षा फलामको चिउराः ‘सेनाले लिँदा ४० जनाको सिटमा ४० जना नै पास’
काठमाडौं, १२ भदौं । नेपाली सेनाको भर्ना प्रक्रिया लोकसेवा आयोगबाट हुन थालेपछि सेनामा जागिर खान र बढुवा पाउन फलामको चिउराजस्तै कठिन कार्य हुन थालेको छ । सेनामा सेवा प्रवेश र बढुवा प्रक्रिया दुवैमा लोकसेवा आयोगले परीक्षा लिन थालेपछि उत्तीर्ण हुने भन्दा अनुत्तीर्ण (फेल) हुनेको संख्या अत्यधिक हुने गरेको छ ।
नेपालको संविधान २०७२ ले निजामती सेवाका अतिरिक्त नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा सरकारद्वारा गठित सबै संगठित संस्थामा पदपूर्तिको जिम्मेवारी लोकसेवा आयोगलाई दिएपछि आयोगले सेनालगायत विभिन्न ९८ वटा संगठित संस्थामा पदपूर्ति गर्न थालेको खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा छ ।
ती निकायमध्ये सबैभन्दा कम उत्तीर्ण नेपाली सेनामै हुने गरेको आयोगले जनाएको छ । लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले आयोगको परीक्षा प्रणालीलाई आत्मसात गरेर अगाडि बढ्न सके सफलता हासिल गर्न कठिन नहुने बताउँछन् । सोर्सफोर्स र भनसुनबाटै सेनामा प्रवेश गरेकाहरू आन्तरिक बढुवाका लागि भएका प्रतिस्पर्धामा धमाधम फेल हुन थालेका हुन् ।
लोकसेवाले नेपाली सेनाको अधिकृत क्याडेटअन्तर्गत पछिल्लो पटक जेठ र साउन दोस्रो साता लिएको आन्तरिक परीक्षामा सहभागी भएका अधिकांश उम्मेदवार अनुत्तीर्ण भएका छन् । सेनाको अधिकृत क्याडेटतर्फको पदमा सुब्बास्तरका सहभागी भएका थिए । तर, अधिकृत क्याडेटको परीक्षामा सहभागी हुने पदिक हुद्दामध्ये अधिकांश फेल हुन थालेपछि लोकसेवालाई सेनाको आन्तरिकतर्फको अधिकृत क्याडेटमा पदपूर्ति गर्न हम्मे पर्न थालेको छ ।
आयोगले सुरुमा आन्तरिकतर्फ अधिकृत क्याडेटको परीक्षा जेठ अन्तिम साता सञ्चालन गरेको थियो । यो परीक्षामा माग संख्या ४५ रहेकोमा परीक्षामा ५४ जना पदिक हुद्दा सहभागी थिए । तर, परीक्षाफल प्रकाशित हुँदा जम्मा ४ जना उत्तीर्ण भएका छन् ।
४५ आवश्यक पदमा ४ जना मात्रै उत्तीर्ण भएपछि बाँकी ४१ पद रिक्त रहेपछि सेनाले पुनः परीक्षा सञ्चालन गर्न लोकसेवालाई आग्रह गरेको थियो । सेनाको आग्रहअनुसार लोकसेवाले फेरि रिक्त ४१ पदकै लागि पुनः साउन दोस्रो साता परीक्षा सञ्चालन गरेको थियो । उक्त परीक्षामा ४५ जना सहभागी भएकोमा ८ जना मात्रै उत्तीर्ण भएका छन् भने ३७ जना फेल भए ।
‘सेनाले लिँदा सब उत्तीर्ण’
लोकसेवाले परीक्षा लिनुअघि सेना आफैंले लिने गरेको परीक्षामा भने आवश्यक सिटमा सबै उत्तीर्ण हुने गरेका थिए । न्यूनतम ४० अंक ल्याउनेलाई उत्तीर्ण गराउनुपर्नेमा ४० अंक नल्याउनेहरू पनि उत्तीर्ण हुने गरेका थिए । सेना आफैंले परीक्षा सञ्चालन गर्दा अधिक सोर्सफोर्स चल्ने गरेको लोकसेवाको बुझाइ छ ।
उच्च पदाधिकारीको खल्तीको सूचीका आधारमा परीक्षाफल प्रकाशन गरिन्थ्यो । अनुत्तीर्ण हुनेलाई पनि ग्रेस मार्क दिएसरह उत्तीर्णको लाइनमा पारिन्थ्यो । लोक सेवाका अधिकारीसँगको छलफलमा सेनाका उच्च अधिकारीले न्यूनतम अंक ४० नल्याए पनि पदपूर्तिका लागि आवश्यक पर्ने संख्याअनुसार अनुत्तीर्ण हुने मध्येबाटै तानेर उत्तीर्ण गराउने गरेको स्विकारेको स्रोतको दाबी छ ।
तर, सैनिक प्रवक्ता सहायक रथी झंकर कठायत सेनाले परीक्षा सञ्चालन गर्दा पनि न्यूनतम अंक नल्याउने कोही पनि उत्तीर्ण नभएको दाबी गर्छन् । ‘न्यूनतम अंक नल्याउने उत्तीर्ण हुने भन्ने कुरा निराधार हो । सेनाले पनि मेरिटकै आधारमा परीक्षा लिएर रिजल्ट गथ्र्यो’ प्रवक्ता सहायक रथी कठायतले भने ।
Comments
अरु समाचार
-
यसरी मनाइँदैछ विश्व पर्यटन दिवस
काठमाडौँ, ११ असोजः आज सेप्टेम्बर २७ अर्थात् ४५औँ विश्व पर्यटन दिवस नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । दिवसलाई...
-
शुक्रबार र शनिबार हिमाली तथा पहाडी जिल्लामा रात्रिबस नचलाउन विपद् प्राधिकरणको आग्रह
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम तथा न्यूनीकरण प्राधिकरणले आगामी चार दिन भारी वर्षाको सम्भावना रहेकाले उच्च जोखिम रहेका हिमाली र...
-
एकसय ५९ अधिवक्तालाई ‘वरिष्ठ अधिवक्ता’को उपाधि दिइने
काठमाडौँ। सर्वोच्च अदालतले एकसय ५९ अधिवक्ताहरुलाई वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गर्ने निर्णय गरेको छ । सर्वोच्च अदालतको पूर्ण बैठक (फूल...
-
भैरहवा भन्सारबाट व्यापक राजस्व छली
काठमाडौं । भैरहवा भन्सार जस्तो देशको दोस्रो ठुलो भन्सार कार्यालयमा विगतमा रसुवा र मेची भन्सार कार्यालय बस्दा धेरै राजस्व चुहावट...
-
उपनिर्वाचनका लागि मंसिर २ गते मनोनयन दर्ताको समय
काठमाडौं । स्थानीय तह उपनिर्वाचनका लागि आगामी मङ्सिर २ गते उम्मेदवारी दर्ता हुने भएको छ । निर्वाचन आयोगले बिहीबार प्रेस...
-
सभापति पक्राउ पर्ने सम्भावना बढेको भन्दै चीन गएको रास्वपाको टोली स्वदेश फर्कियो
काठमाडौं । पहिलो पटक चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा चीन भ्रमणमा गएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को टोली बिहिबार काठमाडौँ...
-
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, एक जना घाइते
काठमाडौं । बाँकेमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ, भने अर्का एक जना घाइते भएका छन् । राप्तीसोनारी...
-
भरतपुर महानगरपालिकाद्वारा अतिक्रमित संरचना हटाउन सुरु
काठमाडौं । भरतपुर महानगरपालिकाले पुङ्गी खोला मिचेर बनाइएका संरचना भत्काउन थालेको छ । नारायणगढको लायन्सचोकदेखि प्रहरी तालिम केन्द्रसम्मका संरचना भत्काउन...
-
लुम्बिनी प्रदेश सरकारले विश्व पर्यटन दिवस दाङमा मनाउने
काठमाडौं । लुम्बिनी प्रदेश सरकार, उद्योग पर्यटन तथा यातायात मन्त्रालय पर्यटन विकास परिषद् र घोराही उपमहानगरपालिकाको संयुक्त आयोजनामा यही असोज...