ताजा समाचार

सहमति प्रयास असफल भएपछि अनेरास्ववियु क्रान्तिकारीको नयाँ नेतृत्वका लागि चुनाव हुने

काठमाडौं, १२ भदौ । नेकपा माओवादी केन्द्रको भातृ संगठन अनेरास्ववियु क्रान्तिकारीको नयाँ नेतृत्वका लागि चुनाव हुने निश्चित भएको छ । सहमतिको प्रयास असफल भएपछि अब चुनाव हुने निश्चित भएको हो । सोमबार बिहान पनि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहमति गरेर अघि बढ्न आग्रह गरेका थिए ।

तर अध्यक्षका दाबेदार रञ्जित तामाङ र अनिल शर्माले आफ्नो दाबेदारी नछोडेका कारण चुनाव गरेरै नेतृत्व टुंग्याउने तय भएको नेताहरुले जनाएका छन् । अखिल क्रान्तिकारीको काठमाडौमा जारी महाधिवेशनमा दुई हजार ३४ जना मतदाता रहेको निर्वाचन समितिका संयोजक रमेश मल्लले जानकारी दिए । चुनावबाट ३३ पदाधिकारीसहित २ सय ३४ जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org