मेलम्चीको पानी काठमाडौं आउन यो दशैमा नभई ०७५ साल कुर्नैपर्ने
काठमाडौं, १९ भदौ । उपत्यकावासीले मेलम्चीको खानेपानी प्रयोग गर्न ०७५ साल नै कुर्नुपर्ने भएको छ । सुरुङ निर्माणमा ढिलाइ भएपछि पछिल्लो समय तोकिएको १५ असोजमा पनि मेलम्चीको पानी उपत्यकामा नआउने भएको हो । मेलम्ची खानेपानी आयोजनाका अनुसार सुरुङ खन्ने काम सोचेभन्दा ढिलो भएकाले समस्या परेको हो । आयोजनाका कार्यकारी निर्देशक रामचन्द्र देवकोटाले मेलम्चीको पानी काठमाडौं आइपुग्न ०७५ नै कुर्नुपर्ने बताए । ‘सुरुङ खन्ने कामले सोचेजस्तो गति पाउन सकेको छैन ।
यही गतिमा काम भए पुस महिनासम्म मात्रै सुरुङ खन्ने काम सकिन्छ । त्यसपछि तीन महिना सुरुङको मेन्टिनेन्समा लाग्छ । सम्पूर्ण काम चैत अन्तिम सातामा मात्रै सकिन्छ । खानेपानी काठमाडौं आइपुग्न ०७५ लाग्छ,’ देवकोटाले भने ।
यस कारण ०७५ साल लाग्छ
आयोजनाका अनुसार अझै १.९२४ किमि सुरुङ खन्न बाँकी छ । खन्नुपर्ने २७.५८४ किमिमध्ये २५.६५९ किमि मात्र खनिसकिएको आजको नयाँपत्रिका दैनिकमा खबर छ । अहिले दैनिक १३ देखि १४ मिटर सुरुङ खन्ने काम जारी छ । ‘सुरुङ खन्ने रफ्तार घटेको छ । मेसिन पनि पुरानो भयो । बीचमा नरम चट्टान भेटियो । पानी पनि रसाउन थाल्यो । सुरुङ खन्ने काम जोखिमपूर्ण भयो । र काम तीव्र गतिमा अघि बढ्न सकेन,’ कार्यकारी निर्देशक देवकोटाले भने ।
यही गतिमा काम भए बाँकी सुरुङ खन्न अझै एक सय ४८ दिन अर्थात् पुसको पहिलो सातासम्म लाग्छ । त्यसपछि सुरुङको चारैतर्फ ‘प्लास्टर’ गर्नुपर्छ । त्यसका लागि थप तीन महिना लाग्छ । र सुरुङको काम फागुनसम्ममा मात्रै सकिन्छ । पानीको मुहान सुरुङमार्गसम्म जडान गर्न १५ चैतसम्म लाग्नेछ । बाँकी काम सकेर पानी सुरुङमार्गमा प्रवेश गराउन चैत मसान्तसम्म लाग्छ भने पानी उपत्यकामा आउन ०७५ को वैशाख कुर्नुपर्नेछ ।
ढिलो हुनका ४ कारण
१) १२ वैशाख ०७२ मा गएको भूकम्पले मेलम्ची खानेपानीको सुरुङ खन्ने काम प्रभावित बन्यो । भूकम्पपछिको करिब ३ महिना सुरुङ खन्ने सम्पूर्ण काम रोकियो ।
२) भूकम्पलगत्तै भारतले गरेको नाकाबन्दीका कारण सुरुङ खन्ने काम करिब ६ महिना ठप्प बन्न पुग्यो । नाकाबन्दीमा इन्धनको चरम अभाव भयो । सुरुङ खन्न प्रयोग हुने केमिकल तथा विस्फोटक पदार्थ नाकाबन्दीका कारण रोकिए । जसका कारण सुरुङ खन्ने काम अघि बढ्न सकेन ।
३) इटालियन ठेकेदारले सन् २०१३ देखि सुरुङ खन्ने काम गर्दै आएको छ । सुरुङ खन्दा प्रयोग गरिएको मेसिन ठेकेदार कम्पनीले अहिलेसम्म परिवर्तन गरेको छैन । पुरानै मेसिनको भरमा सुरुङ खनिँदै छ ।
४) भौगर्भिक समस्याका कारण पनि सुरुङ खन्ने काम ढिलाइ भएको छ । चट्टान भेटिएको ठाउँमा सुरुङ खन्न सजिलो भयो, तर पर्याप्त मात्रामा नरम चट्टान, कति ठाउँमा पानी रसाउने कारणले काममा ढिलाइ भयो ।
Comments
अरु समाचार
-
तामाकोसी जलविद्युत् आयोजनाको पहिरोमा पुरिएरका चार जना अझै बेपत्ता
काठमाडौं । दोलखाको बिगु गाउँपालिका–१ लामाबगरस्थित चार सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनामा पहिरोले पुरिएका चार जना अझै बेपत्ता...
-
बाढीका कारण १६ वटा जलविद्युत् आयोजनामा क्षति
काठमाडौं । अविरल बर्षापछि आएको बाढीपहिरोका कारण विभिन्न १६ वटा जलविद्युत् आयोजनामा क्षति पुगेको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था...
-
विपद् राहत कोषमा ५० लाख जम्मा गर्ने कांग्रेसको निर्णय
काठमाडौं । नेपाली कांग्रेसले लगातारको वर्षाका कारण आएको बाढी र पहिरोबाट पीडित बनेका नागरिकलाई तत्काल उद्धार र राहत कार्यलाई तिव्रता...
-
सुनको मूल्य घट्यो
काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु छ सयले घटेको छ । लगातार उकालो लाग्दै आएको सुनको मूल्यमा...
-
जलसतह घटेपछि कुलेखानी बाँधको ढोका बन्द
काठमााडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकास्थित कुलेखानी प्रथम जलविद्युत् आयोजनाको जलाशय (इन्द्रसरोवर ताल) को ढोका बन्द गरिएको छ । जलाशयमा क्षमताभन्दा...
-
मौसमअनुकूल भएसँगै हवाई सेवा सञ्चालन
काठमाडौं । मौसमअनुकूल भएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका साथै अन्य आठ वट विमानस्थलबाट हवाई सेवा सञ्चालन भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय...
-
एमाले केन्द्रीय कार्यालयको बैठक बस्दै
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले केन्द्रीय कार्यालयको आकस्मिक बैठक बोलाएको छ । पार्टी महासचिव शङ्कर पोखरेलले बैठक बोलाएको बैठकमा...
-
सत्तरी वर्षपछि सुनकोशी र रोशीमा भयानक बाढी
काठमाडौं । रोशी र सुनकोशीको बाढीबाट सिन्धुली सर्वाधिक प्रभावित भएका छन् । जिल्लाका गाउँबस्ती, फाँट, सडक, विद्यालय भवन, विद्युत् आयोजना,...
-
कार्यवाहक प्रधानमन्त्री सिंहद्वारा सर्वदलीय बैठक आह्वान
काठमाडौं । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले सर्वदलीय बैठक आह्वान गरेका छन्। आज दिउँसो १ः०० बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बस्ने गरी...