ताजा समाचार

मोरङको कानेपोखरीमा आगलागी हुँदा एकै परिवारका ४ जनाको मृत्यु

मोरङ, ५ असोज । मोरङको कानेपोखरीमा आगलागी हुँदा एकै परिवारका ४ जनाको मृत्यु भएको छ । कानेपोखरी गाउँपालिका–३ हर्कपुरस्थित ५५ वर्षीय चन्द्रबहादुर राईको काठको दुईतले घरमा आगलागी हुँदा एकै परिवारका ४ जनाको ज्यान गएको हो ।

बिहीबार बिहान ३ बजे अचानक आगलागी हुँदा उनीसहित ४ जनाको ज्यान गएको हो । आगलागीबाट घरभित्र सुतेका चन्द्रबहादुर, उनकी ८६ वर्षीया आमा गंगामाया राई, उनकी श्रीमती ४६ वर्षीया पार्वता राई र बहिनी ४४ वर्षीया विष्णुमाया राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी विष्णुहरि कोइरालाले जानकारी दिए ।

आगो विराटनगर, इटहरी र दमकका समेत गरी तीनवटा वारुणयन्त्र, स्थानीयवासी र प्रहरीको सहयोगमा बिहान ५ बजे नियन्त्रणमा लिइएको थियो । आगलागीको कारण खुल्न नसकेको र घटनाबारे अनुसन्धान भइरहेको डीएसपी कोइरालाले जानकारी दिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org