ताजा समाचार

सिरहाको विष्णुपुरमा संघीय फोरमका जागेश्वर यादव विजयी

सिरहा, ५ असोज । सिरहाको विष्णुपुर गाउँपालिकामा संघीय समाजवादी फोरम नेपाल विजयी भएको छ । बुधबार राति सम्पन्न मतगणना अनुसार विष्णुपुर गाउँपालिकाको प्रमुखमा फोरम नेपालका उम्मेदवार जागेश्वर यादव एक हजार ९४० मत प्राप्त गरी विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका सत्यनारायण यादवले एक हजार २८० मत प्राप्त गरे । तेस्रोमा नेकपा माओवादी केन्द्रका सतदेव यादवले एक हजार २५४ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

त्यस्तै, सो गाउँपालिकाको उपप्रमुखमा संघीय फोरम नेपालकी अरहुलादेवी सिंह दुईहजार सात मत प्राप्त गरी विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रकी ललितादेवी यादवले एक हजार २२० मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org