एमालेले आगामी चुनावमा माओवादीसहित सबै वामपन्थीसँग तालमेल गर्ने
काठमाडौं, १५ असोज । नेकपा एमालेले आगामी चुनावमा वामपन्थी दलहरुसँग तालमेल र सहकार्य गर्ने भएको छ । स्थानीय तह तेस्रो चरणको निर्वाचनमा सन्तोषजनक नतिजा नआएपछि आगामी चुनावमा वामपन्थी दलहरुसँग तालमेल र सहकार्य गर्ने भएको हो ।
चुनावको रणनीति र उम्मेदवारबारे छलफल गर्न आइतबार बिहान पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा काठमाडौंमा उपलब्ध स्थायी कमिटी सदस्यहरुको बैठकले यस्तो निर्णय गरेको हो । एमालेले सत्तारुढ माओवादीसँगको तालमेलको प्रयासलाई प्राथमिकतामा राखेको छ । ‘देशभक्त, प्रगतिशिल र वामपन्थी शक्तिसँग तालमेल गर्ने भन्ने कुरा छ,’ एमाले प्रचार बिभाग उपप्रमुख सूर्य थापाले भने, ‘बहुमतसहित एमाले नेतृत्वको सरकार बनाउने निर्णय भएको छ ।’
माओवादी सत्तारुढ दल भएकाले उसँग तालमेल गर्ने कुरा छलफलको क्रममा रहेको तर, निर्णय नभइसकेको उनले बताए । एमालेले चुनावी तालमेल कसरी गर्ने भन्ने अन्तिम निर्णयको जिम्मा भने स्थानीय पार्टी कमिटीलाई नै दिएको छ । प्रदेश र प्रतिनिधिसभा निर्वाचन आगामी मंसिर १० र २१ गते दुई चरणमा हुँदैछ । सो चुनावका लागि उम्मेदवार छनोट र घोषणा पत्र निर्माण लगायतका बिषयलाई पनि अघि बढाउने एमालेले जनाएको छ ।
प्रदेश कमिटीको बैठकले आगामी असोज २२ र २३ गते उम्मेदवारहरुको सिफारिस स्थायी कमिटी बैठकमा प्रस्तुत गर्नुपर्नेछ । प्रत्येक जिल्ला कमिटीबाट प्रतिनिधिसभा र प्रदेशसभाका लागि एक महिलासहित तीन जनाको नाम समानुपातिक उम्मेदवारका लागि पनि स्थायी समितिमा पठाउनुपर्ने विधि एमालेले बनाएको छ । तीन चरणमा सम्पन्न स्थानीय तहको निर्वाचनमा २९४ स्थान जितेर एमाले पहिलो पार्टी बनेको छ ।
Comments
अरु समाचार
-
जम्मू–कश्मीर विधानसभा चुनावमा ५९.१९ प्रतिशत मतदान
दिल्ली । जम्मू–कश्मीरमा बुधबार भएको विधानसभा चुनावको पहिलो चरणमा साँझ पाँच बजेसम्म ५९ दशमलव १९ प्रतिशत मतदान भएको छ ।...
-
संविधान दिवस २०८१ आज हर्षोल्लासका साथ मनाइँदै
काठमाडौँ । संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ आज स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रम गरी हर्षोल्लासका साथ मनाइँदैछ । नेपाल...
-
दुर्गा प्रसाईंलाई पक्राउ गर्न प्रहरीलाई अदालतले दियो अनुमति
काठमाडौं । बी एन्ड सी मेडिकल कलेज झापाका सञ्चालक दुर्गा प्रसाईंविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । बुधबार काठमाडौं जिल्ला...
-
वनमन्त्री शाहीसँग कतारका राजदूतको शिष्टाचार भेट
काठमाडौं । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीसँग नेपालका लागि कतारका राजदूत मिशाल मोहमद अल अन्सारीले शिष्टाचार भेट भएको...
-
एसइई नतिजामा उल्लेख्य सुधार ल्याउन नीतिगत पहल सुरु भइसकेको छ: प्रधानमन्त्री ओली
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजालाई लगभग ७० प्रतिशतसम्म पुर्याउन नीतिगत पहल...
-
कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिने
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज प्रदेशसभामा विश्वासको मत लिने भएका छन् । विश्वासको मत प्रयोजनका लागि दिउँसो...
-
उपसभामुख राना रूसी महासङ्घ प्रस्थान
काठमाडौं । उपसभामुख इन्दिरा राना यही असोज २ देखि ४ गतेसम्म रूसको सेन्टपिटर्सवर्गमा हुने ‘चौथो युरेसियन महिला फोरम’मा सहभागी हुने...
-
राष्ट्रिय स्वतन्त्र पार्टीको राष्ट्रिय भेला सुरु
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय परिषदको राष्ट्रिय भेला आजबाट सुरु भएको छ। दुई दिनसम्म काठमाडौंको प्रज्ञा भवन कमलादीमा चल्ने...
-
समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छः प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न विज्ञान तथा प्रविधि क्षेत्रको भूमिका महत्त्वपूर्ण...