ताजा समाचार

कर्णाली नदीमा डुबेर काका भतिज बेपत्ता, खोजीकार्य जारी

धनगढी, १५ असोज । । कर्णाली नदीको गहिराइ नाप्न खोज्दा दुई जना बेवत्ता भएका छन् । कैलालीको मोहन्याल गाउँपालिका ७ पितमारीमा कर्णाली नदीमा डुबेर टिकापुर नगरपालिका-९ बस्ने २० वर्षीय मुकुन्द न्यौपाने र २१ वर्षका रमेश न्यौपाने बेपत्ता भएका हुन् । उनीहरु नाताले काका भतिजा पर्दछन् ।

उनीहरु आइतबार साँझ करिब साढे पाँच बजेतिर कर्णाली नदी किनारमा रमाइलो गर्न भनेर गएका थिए । प्रत्यक्षदर्शीका अनुसार गहिराई नाप्न भन्दै नदी किनारमा गएका बेला उनीहरु पानीको भुमरीमा परेका थिए ।

दुबै जनाको खोजी जारी रहेको इलाका प्रहरी कार्यालय चिसापानीले जनाएको छ । उनीहरु डुबेको क्षेत्र र बगेर जान सक्ने सम्भावित क्षेत्रसम्म खोजीकार्य भईरहेको चिसापानी प्रहरी कार्यालयका प्रहरी निरीक्षक धनबहादुर बोहोराले जानकारी दिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org