ताजा समाचार

चितुवाले आधा शरिर खाएको अवस्थामा बालिकाको शव भेटियो

अर्घाखाँची, १७ असोज । अर्घाखाँचीमा आधा शरिर खाएको अवस्थामा एक बालिकाको शव फेला परेको छ । सन्धिखर्क नगरपालिका २ कुर बेहोरेका प्रतिक्षा नेपालीलाई सोमबार बेलुकी चितुवाले लगेको थियो ।

वालिकाको शव मंगलबार बिहान ८ बजे बेहोरकोे जंगलमा आधा शरिर खाएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । पछिल्ला ३ वर्षमा चितुवाको आक्रमणबाट १२ जना बालबालिकाको ज्यान गएको छ ।

वालिका आक्रमण गर्ने चितुवा खोजेर मार्न नेपाली सेना र प्रहरीलाई निर्देशन दिइएको अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले जानकारी दिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org