ताजा समाचार

लामो समयपछि बुधबार बिहानै काठमाडौंमा भूकम्प

काठमाडौं, १८ असोज । लामो समयपछि उपत्यकामा बुधबार बिहान भूकम्पको धक्का महसुस भएको छ । काठमाडौंको मनमैजु आसपास केन्द्रबिन्दु भएर ३ दशमलव ७ म्याग्निच्यूडको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार बुधबार बिहान २ बजेर ४ मिनेट जाँदा परकम्प गएको हो । परकम्पको धक्का राजधानीका विभिन्न स्थानमा महसुस भएको थियो । केन्द्रका अनुसार यो २०७२ साल वैशाख १२ गतेको शक्तिशाली गोरखा भूकम्पकै परकम्प हो । वैशाख १२ गतेको ७ दशमलव ८ म्याग्निच्यूडको भूकम्पपछि अहिलेसम्म ४ सय ८६ पटक परकम्प गइसकेको केन्द्रले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org