एमाले माओवादीपछि अब कांग्रेस पनि राप्रपा, राजपा लगायत दलसँग एकताको तयारीमा
काठमाडौं, १८ असोज । नेपाली काँग्रेलले बृहत् प्रजातान्त्रिक मोर्चाको तयारी गरेको छ । एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेलसहित पार्टी एकता गर्ने सहमति भएपछि काँग्रेस पनि प्रजातान्त्रिक मोर्चाको तयारीमा जुटेको हो ।
कांग्रेसका शीर्ष नेताहरूको मंगलबार बसेको अनौपचारिक बैठकले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रजातान्त्रिक शक्तिहरूसँग एकता गरी अगाडि बढ्नुपर्ने निष्कर्ष निकालेको छ। माओवादी केन्द्रका अध्यक्ष पुष्पमकल दाहालले मंगलबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा एमालेलगायत केही दलबीच चुनावी तालमेल हुने जानकारी दिँदै कांग्रेस पनि आफ्नो राजनीतिक चरित्रसुहाउँदा शक्तिसँग एकता गरी अघि बढ्नुपर्ने बताएका थिए।
दाहालको सो आग्रहका साथै एमाले, माओवादी केन्द्र, नयाँ शक्ति पार्टी एकताकै प्रयासमा लागेपछि कांग्रेस लोकतान्त्रिक फोरम, राष्ट्रिय जनता पार्टी नेपाल, राप्रपा, राप्रपा (प्रजातान्त्रिक) लगायत दलसँग ‘बृहत् प्रजातान्त्रिक एकता’का साथ अघि बढ्नुपर्ने निष्कर्षमा पुगेको हो । प्रजातान्त्रिक मोर्चाका साथ निर्वाचनमा जाँदा कांग्रेसलाई कुनै अप्ठ्यारो नपर्ने र वामपन्थी एकता निर्वाचनसम्म पनि नटिक्ने निष्कर्षमा पुगेको काँग्रेस स्रोतको दाबी छ।
कांग्रेसले यसबारे निर्णय लिन बुधबार कार्यसम्पादन समितिको बैठक बोलाएको छ। एमाले–माओवादी–नयाँ शक्ति तालमेलले सत्ता गठबन्धनमा कुनै अप्ठेरो नपर्ने निष्कर्ष पनि कांग्रेस नेताले निकालेका छन्। यसमा कारक सत्ता परिवर्तनको खेल भए मंसिर १० र २१ गतेको निर्वाचन हुन नसक्ने परिस्थिति उत्पन्न हुने त्रासमा एमाले र माओवादी रहनु देखिएको छ। निर्वाचन हुन अब ५४ दिन मात्र बाँकी छ।
कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले राप्रपा अध्यक्ष कमल थापा र संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवसँग भेट गरी प्रजातान्त्रिक मोर्चामार्फत कांग्रेस निर्वाचनमा जान चाहेको बताएको स्रोतले जनाएको छ। माओवादी अध्यक्ष दाहाल र फोरम अध्यक्ष यादवबीचको भेटसमेत प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा हुने तालमेलमा केन्द्रित भएको थियो। यादवले दाहाललाई प्रदेश नम्बर २ मा कांग्रेस आफ्नो पार्टीलाई हराउन लागेका कारण त्यसविरुद्ध आफूहरू रहेको जानकारीसमेत दिएको माओवादी स्रोत बताउँछ।
Comments
अरु समाचार
-
जम्मू–कश्मीर विधानसभा चुनावमा ५९.१९ प्रतिशत मतदान
दिल्ली । जम्मू–कश्मीरमा बुधबार भएको विधानसभा चुनावको पहिलो चरणमा साँझ पाँच बजेसम्म ५९ दशमलव १९ प्रतिशत मतदान भएको छ ।...
-
संविधान दिवस २०८१ आज हर्षोल्लासका साथ मनाइँदै
काठमाडौँ । संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ आज स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रम गरी हर्षोल्लासका साथ मनाइँदैछ । नेपाल...
-
दुर्गा प्रसाईंलाई पक्राउ गर्न प्रहरीलाई अदालतले दियो अनुमति
काठमाडौं । बी एन्ड सी मेडिकल कलेज झापाका सञ्चालक दुर्गा प्रसाईंविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । बुधबार काठमाडौं जिल्ला...
-
वनमन्त्री शाहीसँग कतारका राजदूतको शिष्टाचार भेट
काठमाडौं । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीसँग नेपालका लागि कतारका राजदूत मिशाल मोहमद अल अन्सारीले शिष्टाचार भेट भएको...
-
एसइई नतिजामा उल्लेख्य सुधार ल्याउन नीतिगत पहल सुरु भइसकेको छ: प्रधानमन्त्री ओली
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजालाई लगभग ७० प्रतिशतसम्म पुर्याउन नीतिगत पहल...
-
कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिने
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज प्रदेशसभामा विश्वासको मत लिने भएका छन् । विश्वासको मत प्रयोजनका लागि दिउँसो...
-
उपसभामुख राना रूसी महासङ्घ प्रस्थान
काठमाडौं । उपसभामुख इन्दिरा राना यही असोज २ देखि ४ गतेसम्म रूसको सेन्टपिटर्सवर्गमा हुने ‘चौथो युरेसियन महिला फोरम’मा सहभागी हुने...
-
राष्ट्रिय स्वतन्त्र पार्टीको राष्ट्रिय भेला सुरु
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय परिषदको राष्ट्रिय भेला आजबाट सुरु भएको छ। दुई दिनसम्म काठमाडौंको प्रज्ञा भवन कमलादीमा चल्ने...
-
समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छः प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न विज्ञान तथा प्रविधि क्षेत्रको भूमिका महत्त्वपूर्ण...