५५ वर्षपछि एमाले-माओवादीको एकता, कहिले सम्म टिकाउन सक्लान नेताहरुले ?
काठमाडौं, १९ असोज । जुट्नभन्दा बढी फुट्न जानेका वामपन्थीमध्ये ठूला दलले एउटै कम्युनिस्ट केन्द्रका लागि गरेको संकल्पले राजनीति ध्रुवीकरणको दिशामा जान थालेको छ। अहिलेलाई निर्वाचनमा तालमेल र निर्वाचनलगत्तै पार्टी एकता गर्ने सैद्धान्तिक सहमति एमाले, माओवादी केन्द्र र नयाँ शक्तिले भनेजस्तै पूरा होला त ? आशंका उब्जिएको छ।
नेपालका कम्युनिस्ट पार्टीहरूमा जुटभन्दा फुटको इतिहास बढी छ। सैद्धान्तिक-राजनीतिक विषयमा मतान्तरभन्दा पनि धेरैजसो व्यक्तिगत इगो, पद-प्रतिष्ठा र अवसरकै कारण कम्युनिस्ट पार्टीहरू जुट्ने-फुट्ने गरेको पाइन्छ। कम्युनिस्ट पार्टीकै नेता-कार्यकर्ता ‘वाम पार्टी एकताको महाअभियान’ टिक्ला-नटिक्ला, यस्तै हुन्छ भनेर ठोकुवा गर्न सक्ने अवस्थामा देखिन्नन्। यद्यपि, एमाले र माओवादी केन्द्रका नेता समाजवादको आधार निर्माण गर्दै विश्वलाई नै नयाँ सन्देश दिने ऐतिहासिक आवश्यकता र आकस्मिकताको ‘द्वन्द्ववाद’बाट आएको परिघटना भएकाले टिकाएर परिणाममुखी निकास दिनुपर्ने बताउन थालेका छन्। आजको अन्नपूर्ण पोष्टमा खबर छ ।
मंगलबार एमाले अध्यक्ष केपी शर्मा ओलीले त एमाले एकता प्रक्रियासँग अभ्यस्त रहेको भन्दै विभाजनभन्दा एकता प्रवाहमा आश्वस्त पार्न समय खर्चिए। ‘म झापाबाट राजनीति थालेको, झलनाथजी इलामबाट, वामदेवजी उता-उता, कता-कताबाट, अर्का साथीले कताबाट, ईश्वर पोखरेलले धनुषाबाट थालेको हो, यसभित्र अनेक समूह मिल्दा(मिल्दा माले, माक्र्सवादी मिलेर एमाले बनेको हो’, अध्यक्ष ओलीले भने, ‘एउटा भूलचुक भएको थियो एक बेला। यो हुँदो रहेनछ भनेर फेरि मिल्यौं। एक हुने हाम्रो वास्तविक चरित्र हो। यसपटक पनि हामीले उल्लेख्य हिसाबले अगाडि बढ्ने संकल्प गरेका छौं। मञ्चमा अगाडि बस्नुभएका नेताहरूको बडी ल्याङ्वेज हेरे पुग्छ।’
एकता र फुटको शृंखला
Comments
अरु समाचार
-
संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ आज हर्षोल्लासका साथ मनाइँदै
काठमाडौँ । संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ आज स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रम गरी हर्षोल्लासका साथ मनाइँदैछ । नेपाल...
-
दुर्गा प्रसाईंलाई पक्राउ गर्न प्रहरीलाई अदालतले दियो अनुमति
काठमाडौं । बी एन्ड सी मेडिकल कलेज झापाका सञ्चालक दुर्गा प्रसाईंविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । बुधबार काठमाडौं जिल्ला...
-
वनमन्त्री शाहीसँग कतारका राजदूतको शिष्टाचार भेट
काठमाडौं । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीसँग नेपालका लागि कतारका राजदूत मिशाल मोहमद अल अन्सारीले शिष्टाचार भेट भएको...
-
एसइई नतिजामा उल्लेख्य सुधार ल्याउन नीतिगत पहल सुरु भइसकेको छ: प्रधानमन्त्री ओली
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजालाई लगभग ७० प्रतिशतसम्म पुर्याउन नीतिगत पहल...
-
कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिने
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज प्रदेशसभामा विश्वासको मत लिने भएका छन् । विश्वासको मत प्रयोजनका लागि दिउँसो...
-
उपसभामुख राना रूसी महासङ्घ प्रस्थान
काठमाडौं । उपसभामुख इन्दिरा राना यही असोज २ देखि ४ गतेसम्म रूसको सेन्टपिटर्सवर्गमा हुने ‘चौथो युरेसियन महिला फोरम’मा सहभागी हुने...
-
राष्ट्रिय स्वतन्त्र पार्टीको राष्ट्रिय भेला सुरु
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय परिषदको राष्ट्रिय भेला आजबाट सुरु भएको छ। दुई दिनसम्म काठमाडौंको प्रज्ञा भवन कमलादीमा चल्ने...
-
समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छः प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न विज्ञान तथा प्रविधि क्षेत्रको भूमिका महत्त्वपूर्ण...
-
लोकतन्त्रप्रति जनविश्वास बढाउनुपर्नेमा राष्ट्रपतिको जोड
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना, मानवअधिकार, विधिको शासन र सामाजिक रूपान्तरणका लागि देशका सामुदायिक रेडियोले निर्वाह...