ताजा समाचार

काँग्रेसको पसिना नै छुट्ने गरी राजपा र फोरमले माग्यो काठमाडौंमा ४ सीट

काडमाडौं, २४ असोज । राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरमले कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनसँग प्रतिनिधिसभामा ५५ सीट माग गरेको छ । उसले काठमाडौंमा मात्रै ४ सीट मागेको छ । जुन काँग्रेसलाई टाउँको दुखाईको विषय बनिरहेको छ । प्रदेशसभामा १३१ सिट दाबी गरेको राजपा र फोरमले कांग्रेसलाई जिल्लागत सूची नै बुझाएको छ ।

राजपा र संघीय फोरमले काठमाडौंमा पनि प्रतिनिधिसभाको ४ र प्रदेशसभाको ८ सीट आफूले पाउनुपर्ने उल्लेख छ । कांग्रेसको गठबन्धनमा जानुअघि नै राजपा र फोरमले सबै ठाउँमा साझा उम्मेदवार उठाउने छुट्टै सहमति गरेका थिए । दुई दल मिलेर ५५ सीटको दाबी पेश गरेपछि कांग्रेस भने सकसमा परेको हो । राजपा र फोरमले काठमाडौंमा मात्रै प्रदेशसभा र प्रतिनिधि सभा दुवै गरेर १२ सिट मागेको हो ।

उसले तराई मधेशका अधिकांश जिल्लामा बढी सिट माग गरेको छ । उसले २ नम्बर प्रदेशमा प्रतिनिधिसभा र प्रदेशसभा चुाावको लागि ६–६ सिट मागेको छ । त्यस्तै प्रदेशसभाको लागि मोरङ, रुपन्देही र काठमाडौंमा ६–६ सिट मागेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org