ताजा समाचार

काँग्रेस फोरमबीचको एकता सभामा यसरी रोए विजय गच्छदार

काठमाडौं, ३० असोज । काँग्रेस र नेपाल लोकतान्त्रिक फोरमबीचको एकता सभामा विजय कुमार गच्छादार भक्कानिएर रोएका छन् । १० वर्षपछि आफ्नै माउँ पार्टीमा फर्किका गच्छादार भक्कानिएर रोएका हुन् । प्रधामन्त्री निवास बालुवाटारमा सोमबार आयोजित एकता सभामा उपस्थित प्रधामन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा, रामचन्द्र पौडेल लगायतका नेताहरु पनि निकै भावुक भए ।

एकता सभामा प्रधानमन्त्री शेरबहादुर देउवा र गच्छदारले एकताको दस्तावेज सार्वजनिक गरे। अनि दुबै नेताले हात मिलाए। त्यतिञ्जेल गच्छदार भावुक भइसकेका थिए। एकछिन पछि त उनका आँखामा आँशु टिलपिलाए। उनले आँशू थाम्न सकेनन्। कांग्रेसबाट राजनीति सुरु गरेका गच्छदार १० वर्ष अघि संविधान सभा पहिलो निर्वाचन हुनुभन्दा पहिला कांग्रेस छोडेर गएका थिए।

आजको एकता सभामा उनी त्यही क्षण सम्झेर रुन पुगेका हुन् । ‘१० वर्ष म मधेसी जनताको आन्दोलनलाई साथ दिन गएको थिएँ,’ गच्छदारले भने, ‘त्यो दिन बालुवाटारमा गिरिजा र सुशील (कोइराला) दाजुहरु हुनुहुन्थ्यो, उहाँहरुले रोक्न खोज्दाखोज्दै पनि म गएको थिएँ, त्यतिबेला पनि म भावुक भएको थिएँ।’

उनले आफूलाई मधेसको गद्दार र कांग्रेसको पुच्छर भने पनि संविधान निर्माण र कार्यान्वयन गर्न सकेकोमा खुसी लागेको बताए। मैले रगत बगाएको पार्टीमा मेरो फोरमलाई सामेल गराएको छु मलाई विरोध गर्नेको परवाह छैन’, उनले भने।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org