ताजा समाचार

महिनावारी भएका बेला घरभित्रैै बस्ने ४७ महिला सम्मानित

बझाङ, १ कात्तिक । महिनावारी भएका बेला घरभित्रै बस्ने महिला सम्मानित भएका छन् । २१ औं शताब्दिमा पनि महिनावारी भएको बेला छाउँ गोठमा बस्नुपर्छ भन्ने कुसंस्कारलाई तोड्दै घरभित्रै बस्ने महिला सम्मानित भएका हुन् ।

महिनावारी भएको समयमा दूधदही नखाने, पशु चौपाय छुन नहुने र छाउ गोठमा बस्नुपर्ने कुप्रथा भएपनि उनीहरु घरमै बसेकाले सम्मानित गरिएको हो ।

बुधबार एक कार्यक्रमको आयोजना गरी महिला कल्याण बचत तथा ऋण सहकारी संस्थाले छाउ भएको समयमा घरभित्र बस्ने ४७ जना महिलाहरुलाई दोसल्ला ओडाएर सम्मान गरेको हो ।

सम्मानित हुनेमा घट्टेबगरका १२ जना महिला, बेडालका १२, गिरसयल, मौभेरा, खातीगाँउ, नुवापानीका ३/३ जना, भाटगाँउ र असिसैनका २, सेरागाँउका ६ र चौरका १ जना महिला रहेका व्यवहार परिवर्तन परियोजना कार्यक्रम संयोजक भरत अधिकारीले जानकारी दिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org