ताजा समाचार

१७ मन्त्री बेरोजगार ! मन्त्री नै बेरोजगार भएपछि अरुले रोजगारी कहाँबाट पाउने ?

काठमाडौं, १ कात्तिक । यतिबेला नेपालका १७ मन्त्रीहरु बेरोजार छन् । मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी केन्द्रका मन्त्री र राज्यमन्त्रीलाई विनाविभागीय बनाएपछि उनीहरु बेरोजगार बनेका हुन् । यतिबेला ९ मन्त्री र ८ राज्यमन्त्रीले सरकारी सेवासुविधा देखि तलब भत्तासम्म खान पाउने तर जिम्मेवारी भने नपाउने गरी व्यवस्थापन गरिएको छ ।

ईतिहासकै जम्बो ६४ सदस्यीय मन्त्रीपरिषद् बनाएका देउवाले माओवादी मन्त्रीलाई जिम्मेवारी मुक्त गराएका हुन् । यतिबेला जिम्मेवारी मुक्त भएपछि माओवादी मन्त्रीहरु शिंहदरवार गएका छैनन् । शिंहदरबार गएरपनि के गर्ने ? कहाँ बस्ने ? भन्ने टुंगो नभएपछि आ आफ्नो नीजि काममा गएका एक मन्त्री निकट स्रोतले जनाएको छ ।

मंगलवार नै सरकार छाड्ने तयारी गरेका माओवादीका मन्त्रीहरु आज भने सिंहदरवार गएका छैनन् । प्रदेश र प्रतिनिधिसभा चुनावको मनोनयन गर्ने दिनसम्म सरकारमै बसिराख्ने माओवादीको रणनीति रहेको छ । माओवादीले चुनाव सार्ने प्रधानमन्त्रीको योजना रहेको बताउँदै मंगलबार तत्काल सरकार नछाड्ने बताएको थियो ।

विना विभागीय भएपनि बस्ने तर सरकार नछाड्ने माओवादीले बताएपछि प्रधानमन्त्री देउवाले उनीहरुलाई विनाविभागीयको जिम्मेवारी दिएका थिए । ‘उम्मेदवारी मनोनयन सम्पन्न भएपछि हामी सरकारबाट हट्छौ’ माओवादीका एक नेताले भने ।

बिनाविभागिय मन्त्रीहरुलाई बस्नको लागि प्रधामनन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा व्यबस्था गरिएको छ । प्रधानमन्त्री देउवाले चुनाव सार्ने तयारी गरेको भन्दै माओवादी मन्त्रहरुले चुनावको सुनिश्चितता नभएसम्म सरकार नछाड्ने बताउदै आएका छन् ।

मन्त्रालयको जिम्मेवारी खोसिएका मन्त्रीहरु अब प्रधानमन्त्री कार्यालयमा हाई काडेर बस्नेछन् । मन्त्रालयको जिम्मा नभएपनि विनाविभागिय मन्त्रीहरुले मन्त्रिपरिषद्को बैठकमा भने सहभागि हुन पाउनेछन् ।

यसअघि पनि भागवण्डा मिलाउन विनाविभागिय मन्त्री बनाउने प्रचलन थियो । मंसिर १० र २१ गतेका लागि निर्धारित चुनाव सार्ने प्रस्ताव मन्त्रिपरिषद्मा ल्याइएमा त्यसलाई विफल तुल्याउने उनीहरुले दावी गर्दै आएका छन् । मतपत्र सम्बन्धी सर्वोच्च अदालतमा बिचाराधीन रिटमाथिको आज हुने फैसलाले चुनाव सर्ने या नसर्ने निर्धारण गर्नेछ । प्रधामनन्त्रीले जिम्मेवारी खोसिदिएपछि उनीहरुले मन्त्रालयमा कर्मचारीसँग बिदाइ पनि गर्न पाएनन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org