‘लागूऔषध दुर्व्यसन’ विरुद्द सचेतनाका लागि वक्तृत्वकला प्रतियोगिता सम्पन्न
गाईघाट । जिल्ला प्रहरी कार्यालय उदयपुरको आयोजना तथा त्रियुगा नगरपालिकाको सहकार्यमा “लागू औषध मुक्त समाज निर्माणमा विद्यार्थीको भूमिका” विषयक नगर स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । समुदाय प्रहरी साझेदारी अवधारणानुसार लागूऔषध दुर्व्यसन विरुद्द जनचेतना अभिवृद्दि गर्ने उद्देश्यले यही पौष ७ गते आईतबार जिल्ला समन्वय समिति उदयपुर गाइघाटको सभाहलमा वक्तत्वकला सम्पन्न भएको हो । नगर क्षेत्रका विभिन्न विद्यालयमा कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीहरुले वतृत्वकलामा सहभागिता जनाएका थिए ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरीक्षक हरिहर नाथ योगीले अध्यक्षता गर्नु भएको कार्यक्रममा त्रियुगा नगरपालिका उपप्रमुख महेश्वरी राईको प्रमुख आतिथ्य र उदयपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी हरि प्रसाद घिमिरेको विशेष आतिथ्य रहेको थियो ।
प्रतियोगितामा त्रियुगा नगरपालिका स्थित १३ वटा सामुदायिक तथा निजी विद्यालयका विद्यार्थीहरुको सहभागिता थियो । उक्त प्रतियोगितामा क्यान्भास सेकेण्डरी बोर्डिङ स्कुल कक्षा ९ मा अध्ययनरत् छात्रा जेनिशा कार्कीले प्रथम स्थान, राष्ट्रिय मा.वि. बगाहामा कक्षा १० मा अध्ययनरत छात्रा नम्रता दाहालले द्वितीय स्थान र वालमन्दिर मा.वि. वोक्सेमा कक्षा १० मा अध्ययनरत मनिषा चौधरीले तृतीय स्थान हासिल गर्नुभयो । प्रमुख अतिथि महेश्वरी राईले विजेता विद्यार्थीहरुलाई प्रमाणपत्र र नगद पुरस्कार प्रदान गर्नु भएको थियो ।
कार्यक्रममा जिल्ला सुरक्षा समितिका पदाधिकारीहरु, त्रियुगा नगरपालिका वडा नं ११ र १२ का वडा अध्यक्षहरु, नेपाल पत्रकार महासंघ उदयपुरका अध्यक्ष एवं सञ्चारकर्मीहरु, विभिन्न विद्यालयका शिक्षकहरु, सामाजिक अभियन्ता, विद्यार्थीहरु लगायत १५० जनाको उपस्थिति रहेको थियो ।
Comments
अरु समाचार
-
नगरपालिकाका अधिकृत दिनेश कट्टेलद्वारा दशनामी समाजको अपमान, शीघ्र कारबाही गर्न माग
खाँदबारी । नेपाल दशनामी समाज जिल्ला कार्यसमिति संखुवासभाले खाँदबारी नगरपालिकाका प्रशासकीय अधिकृत एवम् सूचना अधिकारी दिनेश कट्टेललाई कारबाही गर्न माग...
-
त्रिवेणी माध्यमिक विद्यालय बाह्रबिसेको हिरकजयन्ती माघ १० गतेदेखी १६ गतेसम्म
काठमाडौं । सङ्खुवासभा जिल्ला, सभापोखरी गाँउपालिकाको केन्द्रमा रहेको त्रिवेणी माध्यमिक विद्यालय बाह्रबिसेले २०८१ माघ १० गतेदेखी १६ गतेसम्म ६०औं वार्षिकोत्सव...
-
संखुवासभाबाट एक अर्ब बढीको अलैँची निर्यात
काठमाडौं । संखुवासभा जिल्लाबाट चालु आर्थिक वर्षमा रु एक अर्ब बढी मूल्यको अलैँची निर्यात भएको छ । चालु आवमा सात...
-
चिसोका कारण इटहरीमा विद्यालय बन्द
काठमाडौं । अत्यधिक चिसोका कारण सुनसरीको इटहरी उपमहानगरपालिकाअन्तर्गत सामुदायिक, धार्मिक तथा निजी विद्यालयहरु दुई दिन बन्द गरिने भएको छ ।...
-
लागुऔषध दुर्व्यसनी र कारोबारमा संलग्न दुई सय १३ जना पक्राउ
काठमाडौं । चालु आर्थिक वर्षको छ महिनामा झापा प्रहरीले लागुऔषध दुर्व्यसनी र कारोबारमा संलग्न दुई सय १३ जनालाई पक्राउ गरेको...
-
पाथीभरामा केबलकार निर्माण सुरु, १५ महिनामा निर्माण सम्पन्न गर्ने लक्ष्य
काठमाडौं । पूर्वको प्रसिद्ध धार्मिक तथा पर्यटकीय तीर्थस्थल स्थल ताप्लेजुङको पाथिभरामा मन्दिरसम्म पुग्ने पाथीभरा देवी मुकुम्लुङ दर्शन केबलकार परियोजना निर्माण...
-
त्रिविमा स्ववियु निर्वाचन चैत ५ गते हुने
काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन आगामी चैत ५ गते हुने भएको छ । त्रिविका शिक्षाध्यक्ष डा...
-
प्रधानमन्त्रीले ‘विराट एक्स्पो-2025’ को उद्घाटन गर्ने
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विराट एक्स्पोको उद्घाटन गर्ने भएका छन् । आगमी माघ १२ गते उद्योग संगठन मोरङले...
-
गाग्री बोकेर खानेपानी माग्दै ‘मेयर सम्पाङ’ सिंहदरबारमा
काठमाडौं । धराने जनतालाई खानेपानी माग्दै रित्तो गाग्री बोकेर काठमाडौं आएका उपमहानगरपालिकाका मेयर हर्क सम्पाङ सिंहदरबारस्थि खानेपानी मन्त्रालयमा पुगेका छन्...