दुई सय ६५ जनामा स्क्रब टाइफस, १८ जनामा डेंगु, २ जनाको मृत्यु
चितवन १ कात्तिक । चितवनमा २६५ जनामा स्क्रब टाइफस रोगको संक्रमण देखिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय चितवनकाअनुसार साउनदेखि अहिलेसम्म २६५ जनामा स्क्रब टाइफस र १८ जनामा डेंगु रोग देखिएको छ । तीमध्ये स्क्रब टाइफसबाट दुई जनाको मृत्यु भइसकेको छ ।
विगत तीन महिनामा एक हजार ७६ जनामा स्क्रब टाइफसको र ६४४ जना बिरामीमा डेंगुको परीक्षण गरिएको सो कार्यालयका कीट नियन्त्रण निरीक्षक रामकुमार केसीले बताउनुभयो ।
विभिन्न अस्पतालबाट प्राप्त पछिल्लो प्रतिवेदनअनुसार भरतपुर अस्पतालमा १०१, रत्ननगर बकुलहर अस्पतालमा नौ, चितवन मेडिकल कलेजमा ७०, नारायणी सामुदायिक अस्पतालमा ६९, मनकामना अस्पतालमा दुई, सेन्ट्रल अस्पतालमा एक जना र निजी ल्याबमा १३ जनामा स्क्रब टाइफस भएको पाइएको हो । ‘माइट’ नामको एक प्रकारको सुक्ष्म कीरा (किर्ना) ले टोकेमा स्क्रब टाइफस रोग सर्ने चिकित्सकले बताएका छन् ।
यो रोग लागेमा अत्याधिक ज्वरो आउने, टाउको दुख्ने, विभिन्न ठाउँमा रातो डाबर आउने र शरीर दुख्ने हुन्छ । यो रोग मुसाको कानमा बस्ने गर्छ । मुसाबाट घाँसपातमा झर्ने र सोही घाँसपातमा जाँदा मानिसमा सरेर यसले टोक्ने इपिडिमियोलोजी शाखाका प्रमुख डा गुणनीधि शर्मा बताउनुहुन्छ ।
त्यस्तो ठाउँमा काम गर्दा सावधानी अपनाउनुपर्ने उहाँ बताउनुहुन्छ । डेंगु भने एडिस एजेप्टाई नामको संक्रमित पोथी लामखुट्टेले टोकेमा सर्नेगर्छ । यसबाट बच्न लामखुट्टेको टोकाइबाट जोगिनुपर्छ । ज्वरो आएमा र दुई, तीन दिनसम्म निको नभएमा विशेषज्ञ चिकित्सकलाई देखाउनुपर्ने जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ । रासस
Comments
अरु समाचार
-
यसरी मनाइँदैछ विश्व पर्यटन दिवस
काठमाडौँ, ११ असोजः आज सेप्टेम्बर २७ अर्थात् ४५औँ विश्व पर्यटन दिवस नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । दिवसलाई...
-
शुक्रबार र शनिबार हिमाली तथा पहाडी जिल्लामा रात्रिबस नचलाउन विपद् प्राधिकरणको आग्रह
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम तथा न्यूनीकरण प्राधिकरणले आगामी चार दिन भारी वर्षाको सम्भावना रहेकाले उच्च जोखिम रहेका हिमाली र...
-
एकसय ५९ अधिवक्तालाई ‘वरिष्ठ अधिवक्ता’को उपाधि दिइने
काठमाडौँ। सर्वोच्च अदालतले एकसय ५९ अधिवक्ताहरुलाई वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गर्ने निर्णय गरेको छ । सर्वोच्च अदालतको पूर्ण बैठक (फूल...
-
भैरहवा भन्सारबाट व्यापक राजस्व छली
काठमाडौं । भैरहवा भन्सार जस्तो देशको दोस्रो ठुलो भन्सार कार्यालयमा विगतमा रसुवा र मेची भन्सार कार्यालय बस्दा धेरै राजस्व चुहावट...
-
उपनिर्वाचनका लागि मंसिर २ गते मनोनयन दर्ताको समय
काठमाडौं । स्थानीय तह उपनिर्वाचनका लागि आगामी मङ्सिर २ गते उम्मेदवारी दर्ता हुने भएको छ । निर्वाचन आयोगले बिहीबार प्रेस...
-
सभापति पक्राउ पर्ने सम्भावना बढेको भन्दै चीन गएको रास्वपाको टोली स्वदेश फर्कियो
काठमाडौं । पहिलो पटक चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा चीन भ्रमणमा गएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को टोली बिहिबार काठमाडौँ...
-
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, एक जना घाइते
काठमाडौं । बाँकेमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ, भने अर्का एक जना घाइते भएका छन् । राप्तीसोनारी...
-
भरतपुर महानगरपालिकाद्वारा अतिक्रमित संरचना हटाउन सुरु
काठमाडौं । भरतपुर महानगरपालिकाले पुङ्गी खोला मिचेर बनाइएका संरचना भत्काउन थालेको छ । नारायणगढको लायन्सचोकदेखि प्रहरी तालिम केन्द्रसम्मका संरचना भत्काउन...
-
लुम्बिनी प्रदेश सरकारले विश्व पर्यटन दिवस दाङमा मनाउने
काठमाडौं । लुम्बिनी प्रदेश सरकार, उद्योग पर्यटन तथा यातायात मन्त्रालय पर्यटन विकास परिषद् र घोराही उपमहानगरपालिकाको संयुक्त आयोजनामा यही असोज...