ताजा समाचार

चुनाव लड्न पुनर्निर्माण प्राधिकरणका सीईओ पोखरेलले राजीनामा दिए

काठमाडौं, ६ कात्तिक । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी (सीईओ) गोविन्दराज पोखरेलले राजीनामा दिएका छन् । प्युठानबाट चुनाव लड्ने तयारीमा रहेका पोखरेलले शनिबार राजीनामा दिएका हुन् । उनको राजीनामा पछि सरकारले नयाँ सीईओ नियुक्त गर्ने तयारी गरेको छ ।

आवश्यक नीतिहरु सबै बनेको र अब प्राधिकरणमा कर्मचारीतत्रमा समन्वय गर्ने व्यक्ति भए पुग्ने भएकाले आफुले राजीनामा दिएको बताए । पोखरेलले भने, ‘पुनर्निर्माणको काम ट्रयाकमा आयो । अब समन्वय गर्ने र सरकारले बजेट उपलब्ध गराए पुग्छ ।’

दशैंको बेला चुनावी गतिविधिमा संलग्न भएको पाएपछि निर्वाचन आयोगले सीईओ पोखरेललाई २४ घन्टाभित्र जिल्ला छाड्न निर्देशन दिएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org