ताजा समाचार

अर्घाखाँचीमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु, ८ घाइते

अर्घाखाँची, ६ कात्तिक । अर्घाखाँचीमा जिप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । गुल्मीको पुर्कोटदहबाट बुटवलतर्फ जाँदै गरेको लु१च ६७६६ नम्बरको बोलेरो जिप सोमबार अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–६ जगत ढाडखोलामा दुर्घटना हुँदा ८ जना घाइते भएका छन् ।

ज्यान गुमाउनेमा गुल्मी, पुर्कोटदहकी ३३ वर्षीया शारदा केसी रहेका छन् । जिप सडकबाट करिब २०० सय मिटर तल खसेको प्रहरीले जनाएको छ । घाइते सबैको बुटवलमा उपचार भईरहेको अर्घाखाँचीका प्रहरी नायव उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org