ताजा समाचार

राप्रपा अध्यक्ष कमल थापा मकवानपुर-२ बाट चुनाव लड्ने

काठमाडौं, ६ कात्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टीले लोकतान्त्रिक गठबन्धनबाट प्रतिनिधिसभाको दोस्रो चरणका लागि पाँच स्थानमा उम्मेदवारको टुंगो लगाएको छ । मकवानपुर २ मा पार्टी अध्यक्ष कमल थापा, पर्सा–२ मा उपाध्यक्ष राजीव पराजुली, झापा-३ मा महामन्त्री राजेन्द्र लिङ्देन, दैलेख-१ मा कुन्तीकुमारी शाही र काठमाडौँ-७ मा विक्रम थापाले प्रत्यक्षतर्फको उम्मेदवारी दिने राप्रपाले जनाएको छ ।

आगामी मंसिर-२१ गते हुने निर्वाचनका लागि लोकतान्त्रिक गठबन्धनले सो पार्टीलाई सात स्थान दिन तयार भएको र बाँकी दुई स्थानका लागि र उम्मेदवारको छनोट हुन बाँकी रहेको प्रवक्ता भुवन पाठकले जानकारी दिए ।

प्रदेशसभा निर्वाचनका लागि सोही गठबन्धनबाट पार्टीले हालसम्म धादिङ (ख) बाट सोनाम तामाङ, बैतडी (ख) बाट गणेश चन्द, म्याग्दी (क) बाट भीमप्रसाद गौचनलाई उम्मेदवारका रूपमा तय गरेको जनाइएको छ । राप्रपाले मुलुकका सातवटै प्रदेशमा चुनावी सभासमेत गर्ने भएको छ । रासस

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org