ताजा समाचार

यि चिजलाई महिलाहरूले सेक्स लाइफका ‘दुश्मन’ मान्छन्, यस्तो छ कारण

एजेन्सी । यदि तपाई आफ्नो वैवाहिक जीवनमा घट्दो सेक्स ड्राइभ महसूस गरिरहनु भएको छ भने यसको मुख्य कारण महिलाहरूले निकै राम्रोसँग बताउन सक्नेछन । डेलीमेल वेबसाइटमा प्रकाशित एक अनुसन्धान अनुसार महिलाहरू स्मार्टफोन र ल्यापटपको आवश्यकता भन्दा धेरै प्रयोगलार्इ आफ्नो सेक्स ला‌इफ घट्नेको मूख्य कारण मान्दछन ।

ब्रिघेम यङ यूनिभर्सिटीका अनुसन्धानकर्ताहरूले आफ्नो यस अध्ययनका आधारमा दावी गरे अनुसार ७० प्रतिशत महिलाहरू आफ्नो सम्बन्ध बिच्छेद हुनुको सबैभन्दा ठुलो कारण मध्ये एक ओछ्यानमा फोन तथा ल्यापटपको धेरै प्रयोगलार्इ मान्दछन । उनीहरूले यो पनि भनेका छन कि स्मार्टफोनको धेरै प्रयोगका कारण उनीहरूको सम्बन्धबाट रोमान्स बिस्तारै कम हुँदै गैरहेको छ ।

अनुसन्धानकर्ताहरूले आफ्नो यस अध्ययनमा यो पनि पाए कि महिलाहरूको सम्बन्ध बिच्छेदको प्रमुख कारणहरू मध्ये एक कारण रातको समयमा सोशियल मिडियामा पुरूषहरूको सक्रियता हुने गरेको छ । उनीहरूका अनुसार, प्रायजसो जोडीहरू फेसबुक र साथीहरूका साथमा गरिने च्याट जस्ता बिषयहरूलार्इ लिएर धेरै झगडा गर्ने गर्दछन ।

अनुसन्धानकर्ता सारा कोयनेका अनुसार, ”यो समस्या तपाइँ हरेक ठाउँमा महसूस गर्न सक्नुहुन्छ । कुनैपनि रेष्टुरेन्टमा तपाइँले यस्ता जोडीहरू भेटाउन सक्नुहुन्छ, जो एक(अर्कालाइ समय दिनुको सट्टा आफ्नो आफ्नो फोन चलाइरहेका हुन्छन । ”

अनुसन्धानका क्रममा १४३ जना महिलाहरूलाइ उनीहरूको सेक्स लाइफ र उनीहरूका साथीको फोन, टिभी, कम्प्यूटर र ट्याबलेटसंग सम्बन्धित बानीका बिषयमा जानकारी जम्मा गरिएको थियो । यो अनुसन्धान साइकोलोजी अफ पपुलर मिडिया कल्चर जर्नलमा प्रकाशित गरिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org