ताजा समाचार

युवा नेता गगन थापा नेपाली कांग्रेसको पार्टी प्रवक्तामा मनोनित

काठमाडौं, ९ कात्तिक । काँग्रेस युवा नेता गगन थापा पार्टीको प्रवत्तामा मनोनित भएका छन् । नेपाली काँग्रेस सभापति शेर बहादुर देउवाले थापालाई पार्टी प्रवक्ता मनोनित गरेका हुन् ।

लामो समयदेखि रिक्त रहेको प्रवक्तामा सभापति देउवाले काँग्रेस नेता तथा पूर्वमन्त्री थापालाई मनोनित गरेका हुन् । केहि दिन अघी पार्टी प्रवक्ता बन्न देउवाले थापालाई औपचारीक आग्रह गरेका थिए। सभापति देउवाको प्रस्तावका बिषयमा उनले काठमाडौंको एक कार्यक्रममा जानकारी गराएका थिए।

सभापति देउवाको प्रस्तावलाई सकारात्मक रुपमा लिएका थापाले बिहिवार प्रवक्ताको जिम्मेवारी लिएका हुन्। पार्टीको महाधिवेशनमा कृष्ण सिटौला समुहबाट महामन्त्रीमा प्रत्यासी भएका थापा त्यसयता सभापति देउवाले केन्द्रीय समितिमा मनोनयन गरेका थिए। यसअघी नेपाली काँग्रेसको प्रवक्तामा दिलेन्द्र वडु थिए। त्यसयता भने प्रवक्ता नियुक्त भएको थिएन।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org