ताजा समाचार

४० डाक्टरको टिमले १६ घण्टाको अपरेसनपछि जोडिएका टाउको अलग गरे

एजेन्सी, १० कात्तिक । भारतमा ४० जना डाक्टरको टिम १६ घण्टाको अपरेसनपछि जोडिएका दुई टाउँको अलग गर्न सफल भएका छन् । भारतको ओडिशामा टाउको जोडिएका जुम्ल्याहा बालक जग्गा र कलियाको टाउँको एउटैमा जोडिएको थियो । दिल्लीमा रहेको अखिल भारतीय आयुर्विज्ञान संस्थान अर्थात एम्सका ४० जना डाक्टरको टिमले १६ घण्टा लामो असरेसनपश्चात जोडिएको टाउको सफलतापूर्वक अलग गरेको हुन् ।

एम्सले दिएको जानकारीअनुसार यो अपरेसन अक्टोबर २५ को बिहान ६ बजेदेखि सुरु भएको थियो । अपरेसन टोलीमा २० जना सर्जन, १० जना एनिस्थिसिया विशेषज्ञको टोली थियो । सर्जरीको लागि १६ घण्टा लागेको थियो भने एनिस्थिसियामा २० घण्टा लागेको थियो । बुधबार राति पौने नौ बजे दुई बालकको टाउको अलग गर्न चिकित्सकको टोली सफल भएको थियो ।

अपरेसन गर्ने चिकित्सकको टोलीका न्यूरो सर्जन डाक्टर दीपक गुप्ताले बिबिसीसँग भनेका छन्, ‘बालकहरुलाई अलग गर्नका लागि हामीले कैयौं चरणमा अपरेसन गर्‍यौँ । दुबै बालकको मस्तिष्क एक अर्कासँग जोडिएको थियो । साथै उनीहरुको नसा पनि एक अर्कासँग जोडिएको थियो ।’

डाक्टर गुप्ताले भने, ‘कमन सर्कुलेसन अर्थात संयुक्त रक्त संचारका कारण एउटा बालकबाट अर्को बालकमा तरल पदार्थ गईरहेको थियो । त्यसैले छुट्टै रक्त संचारणको व्यवस्था पनि गर्नु पर्‍यो । अपरेसनको समयमा एउटा बालकको हार्ट फेल हुने स्थितिमा पुगेका थिए भने अर्का बालकको मृगौलामा असर देखिएको थियो ।’

टाउकोसँगै मस्तिष्क पनि जोडिएका बालकलाई अलग गर्न विशेष तरिका अपनाइएको थियो । जसरी मुटुको बाइपास सर्जरी हुन्छ, त्यसरी नै यी बालकको पनि ब्रेनको बाइपास सर्जरी गरिएको डाक्टर गुप्ताले जानकारी दिए ।

दुई वर्ष चार महिनाका जुम्ल्याहा बालकका बुवा भुइया कहरा र पुष्पाञ्जली कहरा हुन् । उनीहरुले उपचारका लागि धेरै ठाउँ धाए । उनीहरु अपरेसन सफल हुने हो कि होइन भनेर सुरुमा निकै चिन्तित भए पनि अहिले खुशी छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org