ताजा समाचार

मोरङ ६ मा शेखर कोइरालासँग लालबाबु पण्डित भिड्ने, कसको सम्भावना कति ?

मोरङ, १० कात्तिक । प्रतिनिधिसभाको निर्वाचनमा मोरङको क्षेत्र नम्बर ६ बाट दुई प्रभाशाली नेताको भिडन्त हुने भएको छ ।

मंसिर १० गते हुन गईरहेको पहिलो चरण अन्तर्गत प्रतिनिधिसभा निर्वाचनको लागि नेपाली काँग्रेसबाट डा. शेखर कोईराला र वाम गठबन्धनबाट एमाले नेता एवं पूर्वमन्त्री लालबाबु पण्डित उम्मेदवार बन्ने छन् ।

जसले गर्दा दुई हाईप्रोफाईल नेताहरुबीच कडा प्रतिस्पर्धा हुने देखिएको हो । एमाले माओवादीको वाम गठबन्धनले अहिले सम्म उम्मेदवारको टुंगो लगाएको छैन् । तर पनि पण्डित नै उम्मेदवार बन्न सक्ने प्रायः निश्चित छ ।

शेखर र लालबाबु चुनावी मैदानमा होमिएको अवस्थामा मोरङ ६ को चुनावी प्रतिस्पर्धा निकै रोचक हुनेछ । यो क्षेत्रमा सुन्दरहरैंचा नगरपालिकाको २ देखि ७ नम्बर वडा, बुढीगंगा गाउँपालिका र विराटनगर महानगरको ४ देखि ७ तथा ९, ११ र १२ वडा पर्छन् ।

यो क्षेत्रको वडाध्यक्षको मत हेर्दा कांग्रेसको १९ हजार ७६० छ भने एमालेको १७ हजार ९८२ छ । गठबन्धनकारी दलहरुको मत जोड्ने हो भने कांग्रेस गठबन्धनको ३५ हजार र वाम गठबन्धनको २६ हजार बढी मत छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org