ताजा समाचार

चितवन १ को नयाँ शक्तिको पुरै कमिटि एमालेमा समाहित

चितवन, १६ कात्तिक । नयाँ शक्ति नेपाल पार्टी चितवन निर्वाचन क्षेत्र नम्बर १ को पुरै कमिटी नेकपा एमालेमा समाहित भएको छ । संयुक्त वाम गठवन्धनबाट निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधि सभामा उम्मेदवार रहेका सुरेन्द्र पाण्डेलाई समर्थन गर्दै एमालेमा समाहित भएको हो ।

नयाँ शक्ति नेपाल पार्टी क्षेत्रीय कमिटीका संयोजक लालमणि कुँवर र नेकपा एमालेका क्षेत्रीय कमिटी १ का संयोजक घनश्याम कँडेलले संयुक्तरुपमा विज्ञप्ती जारी गरी एमालेमा समाहित भएको घोषणा गरेका हुन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org