ताजा समाचार

श्रीमतीको कुटाईबाट श्रीमानको ज्यान गयो

झापा, १७ कात्तिक । झापाको दमकमा आफ्नै श्रीमतीको कुटाईबाट एक जनाको ज्यान गएको छ । ४८ वर्षीय श्रीमती सानुमाया दर्जीले मादकपदार्थ सेवन गरेर कुटपिट गर्दा दमक ९ शान्तिचोक बस्ने ५५ वर्षीय बिदुर नेपालीको ज्यान गएको हो । उनको घरमै ज्यान गएको प्रहरीले जनाएको छ। श्रीमान् श्रीमती दुबै जना मादक पदार्थ सेवन गरी सधै जसो झगडा गर्ने गरेको छिमेकीले बताएका छन्।

मृतक बिदुरको शरिरमा कुटपिट गरेको निलडाम रहेको प्रहरीले जनाएको छ। शरीरमा निलडाम बाहेक अन्य धारिलो हतियार प्रयोग नभएको देखिएकाले आपसी झगडाका कारण ज्यान गएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ।

कुटपिट गर्ने श्रीमती सानुमायालाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरीक्षक दिपक गिरीले जानकारी दिए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org