ताजा समाचार

विवेकशील साझाका उज्वल थापा भोट माग्न प्रचण्ड निवास लाजिम्पाट पुगेपछि

काठमाडौं, १९ कात्तिक । विवेकशील साझा पार्टीका संयोजक तथा काठमाडौँ क्षेत्र नम्बर ५ का उम्मेदवार उज्वल थापा चुनावी अभियानमा व्यस्त छन् । उनी दैनिक रुपमा मतदाता भेटघाट गर्नेदेखि लिएर घरदैलो अभियान सम्ममा व्यस्त छन् । थापा जहाँ जहाँ पुग्छन्, त्यहा त्यहा उनी मतदातासँगै निकै खुलेर कुरा गर्दै आएका छन् ।

ठाउँँमा अन्तक्र्रियामा सहभागी हुँदै आफू उम्मेदवार हुनुको उद्धेश्य स्पष्ट पारिरहेका छन् । अभियानका क्रममा शनिवार बिहान ८ बजे उनी बुढानिलकण्ठ ७ मा सयौं मतदातासँग अन्तरक्रिया कार्यक्रममा सहभागी भए । त्यहीँबाट घरदैलो कार्यक्रममा सरिक हुँदै थापाको अभियान धापासी क्षेत्रमा पुगेको थियो ।

पूर्णिमाको उपलक्ष्यमा बूढानीलकण्ठ मन्दिरमा आयोजित मेलामा सहभागी हुँदै थापाले सम्पदा संरक्षणको विषयमा विवेकशील साझा पार्टी सजक रहेको र विगतमा पनि सडक संदेश तथा पैरवी मार्फत् सम्बन्धित निकायलाई खबरदारी गरेको कुरा व्यक्त गरे । उक्त कार्यक्रम पश्चात् २ बजे देखि ६ बजेसम्म पुनः घर दैलो कार्यक्रमलाई निरन्तरता दिँदैं पानीपोखरीदेखि लाजिम्पाटसम्म मतदाता भेटघाटमा व्यस्त रहे ।

थापा भोट माग्ने क्रममा प्रचण्ड निवास पनि पुगेका थिए । प्रचण्डको घरमा पनि उनले आम मतदाताहरुलाई जस्तै गरी भोट मागेका थिए । भेटघाट, अन्तरक्रिया तथा घरदैलो कार्यक्रममा मतदाताहरुको उत्साहजनक प्रतिक्रिया प्राप्त भएसंगै थापा उत्साही देखिएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org