यस्तो छ वाम गठबन्धनको चुनावी घोषणापत्र, मनमोहन र प्रचण्डको कार्यक्रम पुनरागमन
काठमाडौं, २१ कात्तिक । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको वाम गठबन्धले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनका लागि वाम गठबन्धनले आफ्नो संयुक्त चुनावी घोषणापत्र सार्वजनिक गरेका हुन् ।
काठमाडौंको तिनकुनेस्थित रोयल व्याङ्केटमा पत्रकार सम्मेलन गरी एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संयुक्त रुपमा घोषणापत्र सार्वजनिक गरेका हुन्। घोषणा पत्रको सार्वजनिक कार्यक्रममा दुवै दलका शीर्ष नेताको उपस्थितिमा रहेको थियो । प्रमुख दलमध्ये नेपाली कांग्रेसले यसअघि नै घोषणापत्र सार्वजनिक गरिसकेको छ।
दश वर्षभित्र प्रत्येक नेपालीको वार्षिक आयः पाँच हजार डलर
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले वाम गठबन्धनको मुख्य ध्यान मुलुकको स्थिरता र समृद्धिमा भएको बताए। देशमा स्थिरता र समृद्धिका लागि बलियो र एउटै कम्युनिष्ट केन्द्र बनाई अस्थिरताको अन्त्य गर्ने आफूहरुको लक्ष्य रहेको दाबी उनले गरे।
आगामी दुई, पाँच र दश वर्षभित्र पूरा गर्न सकिने कामलाई बुँदागत घोषणापत्रमा राखिएको बताउँदै आगामी दश वर्षभित्र प्रत्येक नेपालीको वार्षिक आय पाँच हजार डलर पुर्याउने घोषणापत्रमा उल्लेख भएको बताए। उनले अधिकारसम्पन्न स्थानीय तह बनाउने तथा राजधानी उपत्यकाका लागि एकीकृत सहरका रुपमा विकास गर्ने योजना अघि सारिएको र राजधानी आसपासका जिल्लालाई उपसहरका रुपमा विकास गरिने बताए। ‘आम जनताले छिटोभन्दा छिटो आर्थिक गतिविधिले गति लिन सकोस् र रोजगारीका अवसरमा सिर्जना होस् भन्ने चाहेका छन्। हामीले त्यही भावनालाई अभिव्यक्त गरेका छौँ,’ प्रचण्डले भने ।
उनले आफूहरु कसैका विरुद्ध गाली गलोजमा नउत्रने बताउँदै विचार मिल्ने अन्य पक्ष पनि धु्र्वीकृत हुनसक्ने र यसबाट नै मुलुकले राजनीतिक भुमरीबाट मुक्ति पाउनसक्ने दाबी गरे। गठबन्धनको विरोधमा नेपाली कांग्रेस तल्लोस्तरको गालीगलोज र भ्रामक प्रचारमा उत्रिए पनि आफूहरुले त्यस्तो नगर्ने स्पष्ट उनले स्पष्ट पारे।
महत्वकांक्षी कार्यक्रमले भरिएको घोषणापत्रमा एमालेका तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारी नेतृत्वको सरकारले अघि सारेको ‘आफ्नो गाउँ आफैं बनाउँ’ कार्यक्रमले पुनरागमन पाएको छ। माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सरकारले अघि सारेको ‘नेपालको पानी जनताको लगानी’ कार्यक्रमले पनि प्राथमिकता पाएको छ।
पाँच वर्षमा ठूला र साना सहरहरुमा मेट्रो र मोनो रेलले घोषणापत्रमा प्राथमिकता पाएको छ। उपत्यकामा अबको तीन वर्षमा विद्युतीय सवारीसाधन मात्र हुने परिकल्पनालार्इ पनि घोषणापत्रमा समावेश गरिएको छ।
यसअघि पटकपटक प्रतिवद्धता गरिएको दश वर्षमा २० हजार मेगावाट विजुली वाम गठबन्धनको घोषणपत्रमा पनि अटेको छ। सबै सरकारले आ–आफ्ना पालामा गरेको यो प्रतिवद्धता अनुसार काम भने भएका छैनन्। वायु र जैविक फोहोरबाट समेत विद्युत उत्पादनको लक्ष्य लिइएको छ। उत्पादित विजुली भारत, चीनर वंगलादेशसम्म निर्यातको लक्ष्य घोषणापत्रमा लेखिएको छ। बुढीगण्डकी, पश्चिम सेती, नौमुरे जस्ता आयोजनालाई प्राथमिकता सूचीमा राखिएको छ। प्रसारण लाइन निर्माण र विस्तारलाई पनि स्थान दिइएको छ।
चार वर्षमा काठमाडौँ तराई फास्ट-ट्रयाक निर्माण सम्पन्न गर्ने लक्ष्य घोषणापत्रमा छ। तीव्र गतिका विद्युतीय रेलका विषयले पनि घोषणापत्रमा स्थान पाएका छन्। पूर्व–पश्चिम, तथा हुलाकी राजमार्गको स्तरोन्नतीको लक्ष्य पनि घोषणापत्रमा उल्लेख गरिएको छ। पुष्पलाल मध्यपहाडी लोकमार्गलाई ५ वर्षमा कम्तीमा ६ लेनमा विस्तार गर्ने योजना घोषणापत्रमा छ।
घोषणापत्रको पूर्णपाठ हेर्नका लागि यो लिङ्कमा क्लिक गर्नुहोस्ः
Comments
अरु समाचार
-
केही स्थानमा स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाडौँ, ४ असोजः हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर...
-
कोशीका मुख्यमन्त्री कार्कीले असोज २ गते विश्वासको मत लिने
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी असोज २ गते विश्वासको मत लिने भएका छन् । नेपाल कम्युनिष्ट पार्टी...
-
मुग्लिङ-नारायणगढ सडकखण्ड अन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा ट्रक खस्यो
काठमाडौं । मुग्लिन-नारायणगढ सडकखण्डको सिमलतालबाट आइतबार बिहानै ट्रक खसेको छ। खाने तेल बोकेर सिमाराबाट काठमाडौँ गइरहेकोे ट्रक त्रिशूलीमा खसेको हो...
-
साहित्यकारहरुले भने- नारद पोखरेलको उपन्यास ‘उर्वरा’ ले सजिलै पाठकको मन तान्छ
काठमाडौं, भदौ २९ । उपन्यासकार नारद पोखरेलको उपन्यास ‘उर्वरा’ पाठकका लागि फरक स्वादको चटनी भएको एक कार्यक्रममा सहभागी स्रष्टाहरुले बताएका...
-
बाल अधिकार संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री कार्की
काठमाडौं । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकार बाल अधिकार संरक्षणमा प्रतिबद्ध भएको बताएका छन्। आज बाल दिवसका...
-
बाग्मती, गण्डकी, मधेश र कोशीमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाण्डौ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका विभिन्न ठाउँमा अस्तिदेखि लगातार भइरहेको ठूलो वर्षा रोकिएको छ । गएरातिदेखि ती ठाउँमा पानी...
-
वर्षासँगै आएको पहिरोले सुदूरपश्चिमका विभिन्न राजमार्ग अवरुद्ध
काठमाडौं । अविरल वर्षासँगै आएको पहिरोले सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका विभिन्न राजमार्ग अवरुद्ध भएका छन् । ठाउँ ठाउँमा गएको पहिरोका...
-
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा कर्णाली, व्यवस्थापन र पूर्वाधार निर्माणको दबाब
काठमाडौं । कर्णालीमा आगामी मङ्सिर २–९ गतेसम्म हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको समय आउन अब करिब दुई महिना बाँकी छ...
-
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा अति भारी वर्षा हुने
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा...