ताजा समाचार

मतपत्रसहितको निर्वाचन सामग्री जिल्ला पुग्यो

धादिङ, २१ कात्तिक । आगामी मंसिर १० गते हुने प्रदेशसभा र प्रतिनिधिसभाका लागि आवश्यक मतपत्रसहितको निर्वाचन सामग्री निर्वाचन अधिकृतको कार्यालयमा ल्याइएको छ ।

प्रतिनिधिसभा र प्रदेशसभा प्रत्यक्ष र समानुपातिकका लागि दुई लाख ६४ हजारका दरले मतपत्र प्राप्त भएको सहायक निर्वाचन अधिकृत यज्ञप्रसाद ढकालले बताउनुभयो ।

निर्वाचनका लागि आवश्यक मसी, स्ट्याम्प प्याड, टाँचा, मार्कर पेन, फाइल, खाम तथा अन्य स्टेशनरीलगायत ४७ किसिमका सामग्रीमध्ये धेरैजसो सामग्री जिल्लास्थित निर्वाचन कार्यालयमामा प्राप्त भएको छ । दुई लाख ३३ हजार ५०५ मतदाता रहेको जिल्लामा २७५ मतदान केन्द्र छन् । रासस

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org