ताजा समाचार

घरदैलोको क्रममा लडेर घाइते भए नारायणकाजी, अब कसरी गर्लान प्रचार ?

गोरखा, २२ कात्तिक । माओवादी केन्द्रका नेता तथा गोरखा-२ का प्रतिनिधिसभा सदस्य उम्मेदवार नारायणकाजी श्रेष्ठ लडेर घाइते भएका छन् । सौरपानीमा मंगलबार आयोजित चुनावी सभाका क्रममा उनी रडमा अल्झिएर लडेका थिए । उनको दायाँतर्फ निधार र दायाँ खुट्टामा चोट लागेको छ ।

सोही कारण उनले बुधबार बारपाकमा घरदैलो कार्यक्रम गर्न सकेनन् । बारपाकमा सुरु भएको चुनावी सभाका क्रममा पनि उनी गाडीमै कार्यक्रम स्थलसम्म पुगेका थिए । पैदल यात्रा गर्दै स्थानीय बासिन्दासँग भेटघाट गर्न पाएनन् ।

घाइते नभएको भए बुधबार दिनभर विनासकारी भूकम्पको केन्द्रविन्दु बारपाकका घर-घरमा पुग्ने उनको योजना थियो । उक्त योजना स्थगित भएको छ । गोरखा-२ मा नारायणकाजी र नयाँ शक्तिका संयोजक डा।बाबुराम भट्टराईवीच प्रतिस्पर्धा हुँदैछ । दुवैले आक्रमक चुनावी अभियान चलाएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org