ताजा समाचार

विप्लवद्धारा ताप्लेजुङमा उम्मेदवारको घरमा कालो झण्डा, घर कब्जा गरेको दाबी

ताप्लेजुङ, २२ कात्तिक । नेत्रविक्रम चन्द विप्लब नेतृत्वको कपाले एक उम्मेदवारको घरमा कालो झण्डा गाडेको छ । बाम गठबन्धनका प्रदेशसभा तर्फ ताप्लेजुङ (ख) केन्द्रका उम्मेदवार टंक आङबुहाङको घरमा कालोझण्डा गाडेका हुन् ।

ताप्लेजुङको साविक चाँगे गाविसमा रहेको आङबुहाङको घरमा बुधबार बिहान नेकपा कार्यकर्ताले कालोझण्डा गाडेका हुन् । यसअघि विज्ञप्ति प्रकाशन गरी उम्मेदवारी फिर्ता गर्न सबैलाई आग्रह गरेको र आग्रहलाई बेवास्ता गरिएकाले आङ्बुहाङको घरमा कालोझण्डा गाडि घर कब्जामा लिएको नेकपाका जिल्ला ईन्चार्ज आशिषले जानकारी दिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org