ताजा समाचार

प्रत्यक्षतर्फको मतपत्र सार्वजनिक, मनाङ र मुस्ताङको मतपत्रमा दुईवटा मात्र चुनाव चिन्ह

काठमाडौं, २३ कात्तिक । निर्वाचन आयोगले प्रत्यक्षतर्फको मतपत्रको नमुना सार्वजनिक गरेको छ । आयोगले मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावको लागि प्रत्यक्षतर्फ मतपत्रको नमुना सार्वजनिक गरेको हो । पहिलो चरणको चुनाव हुने ३२ वटै जिल्लाका मतपत्रको नमुना आयोगले आफ्नो वेवसाइटमा राखेको हो ।

आयोगले यसपटक मतपत्र निकै छोटो र छरितो बनाएको छ । सम्बन्धित निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएका दल तथा स्वतन्त्र उम्मेदवारको मात्र चुनाव चिन्ह समेटेर आयोगले मतपत्र तयार पारेको छ । दलहरुले तालमेल गरेर उम्मेदवार उठाएपछि मतपत्र झनै छोटो भएको हो । मनाङ र मुस्ताङको मतपत्रमा जम्मा दुईवटा मात्र चुनाव चिन्ह छ ।

पहिलो चरणमा निर्वाचन हुने प्रतिनिधि सभा सदस्य निर्वाचन तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फको जिल्लागत मतपत्रको नमुना:

प्रदेश नं. १

प्रदेश नं. ३

प्रदेश नं. ४

प्रदेश नं. ५

प्रदेश नं. ६

प्रदेश नं. ७

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org