पाल्पामा निःशुल्क स्वास्थ्य शिविर, गाउँबाटै स्वास्थ्य सेवा पाएपछि हर्षित
पाल्पा, ४ मंसिर । रामपुर नगरपालिका–२ भलायटारमा सञ्चालन भएको निःशुल्क स्वास्थ्य शिविरमार्फत २०५ बिरामीले सेवा लिएका छन् । स्थानीयवासीलाई प्रदान गर्ने उद्देश्यले सञ्चालन भएको उक्त शिविरबाट रामपुर–२ भलायटार र त्यस आसपासका बिरामीले सेवा लिएका थिए ।
रामपुर नगरपालिकाको आयोजना, नेपाल जेसुइट संस्थाको सहआयोजना र रामपुर अस्पतालको प्राविधिक सहयोगमा सञ्चालन गरिएको सो शिविरमा रामपुर अस्पतालका डा दिनेश झा, सवीना अधिकारी, चन्द्र विश्वकर्माले सेवा प्रदान गर्नुभएको थियो । बिरामीलाई नेपाल जेसुइटले निःशुल्क औषधि वितरण गरेको थियो ।
शिविरको शुभारम्भ गर्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापाले नागरिकलाई स्वस्थ्य राख्न सकेमात्र राष्ट्रको सामाजिक, आर्थिक विकासमा टेवा पुग्ने बताउनुभयो । उहाँले नागरिकको स्वास्थ्य सुविधामा नगरपालिकाले कुनै कसर बाँकी नराख्ने बताउनुभयो ।
रामपुर नगरपालिकाका प्रशासकीय अधिकृत यमेन्द्र उपाध्यायले स्वास्थ्यसँग सम्बन्धित कार्यक्रम स्वास्थ्य शाखासँग सहकार्य गरी प्रभावकारी ढंगबाट अघि बढाउने बताउनुभयो । कार्यक्रममा नेपाल जेसुइट पाल्पाका प्रमुख सिस्टर मेरीले शिविर सञ्चालनका बारेमा जानकारी गराउनुभएको थियो । रासस
Comments
अरु समाचार
-
अत्याधिक गर्मी बढेपछि बुटवलका विद्यालय दुई दिन बन्द
काठमाडाैँ । अत्यधिक गर्मी बढेपछि बुटवल नगरभित्रका सबै विद्यालयमा आज र भोलि बिदा दिइएको छ । उपमहानगरपालिकाले विद्यालयहरूमा बिदा दिने...
-
मन्त्रिपरिषद विस्तारकाे तयारीमा मुख्यमन्त्री सोडारी
काठमाडाैँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारी मन्त्रिपरिषद विस्तारको तयारीमा जुटेका छन् । मंगलबार बझाङ उपनिर्वाचनकाे परिणाम सार्वजनिक भएलगत्तै मुख्यमन्त्री...
-
आजको राशिफल: २०८१ वैशाख १८ गते मंगलवार
मेष: भूमि,वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। काम बन्नेछ र महत्त्वपूर्ण वस्तु लाभ हुनेछ। सहयोगीहरूले...
-
विराटनगरमा विद्युतीय गाडी उत्पादन गर्न कोशी एनके मोटर्स र चिनियाँ कम्पनीबीच सम्झौता
विराटनगर । विराटनगरमा कोशी एनके मोटर्सले विद्युतीय गाडी उत्पादन गर्ने भएको छ । चिनियाँ कम्पनीसँगको साझेदारीमा एनके मोटर्सले विद्युतीय गाडी...
-
इलाम २ मा एमालेका सुहाङ १६२३ मत अन्तरले अग्रस्थानमा
काठमाडौं । इलाम २ को प्रतिनिधिसभाको उपनिर्वाचनमा हालसम्म करिब १६ हजार मतगणना भइसकेको छ । हालसम्म १० वटा वडाको गणना...
-
उपनिर्वाचनः इलाममा बिहान साढे ७ बजेदेखि मतगणना
इलाम । इलाम क्षेत्र नम्बर–२ मा आज (आइतबार) बिहान साढे ७ बजेदेखि मतगणना सुरु हुने भएको छ । शनिबार राति...
-
कुम्भमेलामा दर्शनार्थीको घुइँचो, एकै दिनमा डेढ लाखभन्दा बढीको सहभागिता
धरान । सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतराधाममा गत चैत २७ गतेबाट सञ्चालन भइरहेको बाह्रवर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ मेलामा एकै दिनमा डेढ...
-
उपनिर्वाचन शान्तिपूर्ण, सुहाङले भने- चुनाव जित्नेमा विश्वस्त छु
काठमाण्डौ । उपचुनाव भैरहेको इलाम र बझाङमा उत्साहजनक र शान्तिपूर्ण रूपमा मतदान जारी छ । इलामको प्रतिनिधिसभा क्षेत्र–२ तथा बझाङको...
-
सहमतिमा करणी ठहर, तिनै बाबाको निवासमा महिला डेपुटी गभर्नर
काठमाडौं । राष्ट्र बैंककी डेपुटी गभर्नर निलम ढुंगाना तिम्सिना दुई साताअघि ‘एक पन्थ दो काज’ को शैलीमा सुनसरीको चतराधाम पुगिन्...