निकुञ्जका घाँसे मैदान व्यवस्थापनको कार्यमा तीव्रता
चितवन, ८ मंसिर । हिलो र बालुवाले पुरिएको चितवन राष्ट्रिय निकुञ्जभित्रको घाँसे मैदानको व्यवस्थापन कार्य तीव्ररुपमा अगाडि बढाइएको छ । साउनको अन्तिम साता आएको बाढीका कारण निकुञ्जभित्रको घाँसे मैदान हिलो र बालुवाले पुरिएको थयो । हिलो र बालुवाले पुरिएको घाँसे मैदानको व्यवस्थापनसँगै बाढीले बिगारेको वन पथको मर्मत सम्भार र अग्निरेखा निर्माण कार्य पनि भइरहेको छ ।
बाढीका कारण नदी तटीय क्षेत्रमा रहेका घाँसे मैदानमा बालुवा र हिलो भरिएको थियो भने घाँसे मैदानमाथि फोहर पनि थुप्रिएको थियो । निकुञ्जभित्रका चुरेबाट बग्ने खोलाले पनि घाँसे मैदान बिगारेका थिए । वन पथमा रहेका काठका पुल र बाटो बाढीले बगाएको थियो ।
चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलका अनुसार बाढीलगत्तै थालिएको घाँसे मैदानको व्यवस्थापन कार्यलाई अहिले तीव्र गतिमा अगाडि बढाइएको छ । उहाँका अनुसार निकुञ्जका २२ ठाउँमा दैनिक ७०० भन्दा बढी मजदुरले घाँसे मैदान व्यवस्थापन गरिरहेका छन् ।
निकुञ्जको सुखीभार, भिम्ले, अमलटारी टापू, लामीताल, घडगाई, जर्नेली, डुमरिया, गैँडा ताल, ध्रुवा दक्षित, हिले घाट, अमरटारी घाट, बाघमारा फाँट, भोसारघाट, बूढी राप्ती, चम्का फाँट, चिसापानी, देउराली, घोल टापू, तमोर ताल र ढोटरी ताल फाँटमा घाँसे मैदान व्यवस्थापनको काम भइरहेको छ ।
हिलो र बालुवाले पुरेको ठाउँ सफा गर्ने, ढड्डी फाड्ने, नयाँ ठाउँ खोजी गरी घाँसे मैदान विस्तार गर्नेलगायतका काम भइरहेको उहाँले बताउनुभयो । हिलो र बालुवाका कारण व्यवस्थापन गर्न कठिन भएका क्षेत्रको आसपासमा नयाँ ठाउँको खोजी गरी घाँसे मैदान व्यवस्थापन गर्ने काम गरिएको छ । निकुञ्जभित्रका ठाउँठाउँमा पुग्नका लागि १२ वटा वन पथ रहेका छन् । ८१ किमी लामो वन पथमा भत्किएका पुल र बाटो मर्मत गर्ने काम भइरहेको उहाँले बताउनुभयो ।
निकुञ्जभित्रकै तीन ठाउँमा अग्निरेखा निर्माणको काम पनि भइरहेको छ । घडगाईमा दुई किमी, सुरुङ खोलामा पाँच किमी र कछुवानी पूर्वमा १० किमी लामो अग्निरेखा बनाउने काम भइरहेको छ ।
चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत कँडेलका अनुसार निकुञ्जको कूल क्षेत्रफलको १२ प्रतिशत जमिन घाँसे मैदान छ । निकुञ्जमा १० हजार हेक्टर जमिन घाँसे मैदान हो । जसमध्ये हरेक वर्ष एक सय हेक्टर घाँसे मैदानलाई व्यवस्थापन गरिँदै आएको छ । पानीका स्रोतसँगै घाँसे मैदान व्यवस्थापन गर्ने गरिन्छ । त्यसैले नदी, खोला खोल्सा नजिक घाँसे मैदान रहेका छन् । निकुञ्ज हुँदै बग्ने ठूलो नदी राप्तीमा बाढी आएपछि चुरे पहाडबाट निकुञ्ज हुँदै राप्तीमा मिसिने खहरे खोला खोल्सामा लेदोसहितको बाढीले घाँसे मैदान पुरेपछि समस्या उत्पन्न भएको थियो ।
निकुञ्जमा गैँडा, लघुना, मृग, जरायो, नीलगाईलगायत घाँसमा आश्रित जनावर धेरै रहेका छन् । निकुञ्जमै बाघको संख्या बढ्दै गएकाले आहारा प्रजातिका जनावरको संख्या पनि बढाउनु पर्ने चुनौती निकुञ्जसँग रहेको छ । जसका लागि व्यवस्थित घाँसे मैदान निर्माण गरी खुवाउनु पर्ने हुन्छ । पानीको स्रोतको आसपासमा मात्रै घाँसे मैदान व्यवस्थापन गर्नुपर्ने भएकाले नयाँ व्यवस्थित ठाउँको खोजीमा निकुञ्ज लागेको छ । रासस
Comments
अरु समाचार
-
यसरी मनाइँदैछ विश्व पर्यटन दिवस
काठमाडौँ, ११ असोजः आज सेप्टेम्बर २७ अर्थात् ४५औँ विश्व पर्यटन दिवस नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । दिवसलाई...
-
शुक्रबार र शनिबार हिमाली तथा पहाडी जिल्लामा रात्रिबस नचलाउन विपद् प्राधिकरणको आग्रह
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम तथा न्यूनीकरण प्राधिकरणले आगामी चार दिन भारी वर्षाको सम्भावना रहेकाले उच्च जोखिम रहेका हिमाली र...
-
एकसय ५९ अधिवक्तालाई ‘वरिष्ठ अधिवक्ता’को उपाधि दिइने
काठमाडौँ। सर्वोच्च अदालतले एकसय ५९ अधिवक्ताहरुलाई वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गर्ने निर्णय गरेको छ । सर्वोच्च अदालतको पूर्ण बैठक (फूल...
-
भैरहवा भन्सारबाट व्यापक राजस्व छली
काठमाडौं । भैरहवा भन्सार जस्तो देशको दोस्रो ठुलो भन्सार कार्यालयमा विगतमा रसुवा र मेची भन्सार कार्यालय बस्दा धेरै राजस्व चुहावट...
-
उपनिर्वाचनका लागि मंसिर २ गते मनोनयन दर्ताको समय
काठमाडौं । स्थानीय तह उपनिर्वाचनका लागि आगामी मङ्सिर २ गते उम्मेदवारी दर्ता हुने भएको छ । निर्वाचन आयोगले बिहीबार प्रेस...
-
सभापति पक्राउ पर्ने सम्भावना बढेको भन्दै चीन गएको रास्वपाको टोली स्वदेश फर्कियो
काठमाडौं । पहिलो पटक चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा चीन भ्रमणमा गएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को टोली बिहिबार काठमाडौँ...
-
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, एक जना घाइते
काठमाडौं । बाँकेमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ, भने अर्का एक जना घाइते भएका छन् । राप्तीसोनारी...
-
भरतपुर महानगरपालिकाद्वारा अतिक्रमित संरचना हटाउन सुरु
काठमाडौं । भरतपुर महानगरपालिकाले पुङ्गी खोला मिचेर बनाइएका संरचना भत्काउन थालेको छ । नारायणगढको लायन्सचोकदेखि प्रहरी तालिम केन्द्रसम्मका संरचना भत्काउन...
-
लुम्बिनी प्रदेश सरकारले विश्व पर्यटन दिवस दाङमा मनाउने
काठमाडौं । लुम्बिनी प्रदेश सरकार, उद्योग पर्यटन तथा यातायात मन्त्रालय पर्यटन विकास परिषद् र घोराही उपमहानगरपालिकाको संयुक्त आयोजनामा यही असोज...