ताजा समाचार

के निर्वाचन आयोगले कमल थापाको उम्मेद्वारी रद्द गर्ला ? पुत्र वियोगमा रहेका प्रचण्डमाथि यस्तो व्यंग प्रहार

काठमाडौं, ८ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा निर्वाचन आचारसंहिता विपरित चुनावी प्रचार प्रसार गरेका छन् । बिहीबार राति १२ बजेबाट मौन अवधि सुरु भए पनि थापाले उक्त नियमको बेवास्था गर्दै चुनावी प्रचार प्रसार गरेका हुन् । निर्वाचन आयोगले सामाजिक सञ्जालमा समेत चुनाव प्रचार गर्न नपाइने भने पनि थापा भने नियमविरपरित उक्त कदम चालिरहेका छन् ।

थापाले सामाजिक सञ्जाल ट्वीटर, फेसबुकमा बिहानबाट करिब ५ वटा भन्दा बढी ट्वीट र पोष्ट गरिसकेका छन् । सबैभन्दा पहिला राप्रपालाई जिताउन आग्रह गर्दै भोट मागेका छन् । मौन अवधिमा चुनाव प्रचार प्रसार तथा मतदाता प्रभावित गर्ने कुनै पनि कार्य गर्न पाईदैंन् । त्यस्तो गरेमा आचारसंहित उल्लघंन गरेको ठहर गर्दै उम्मेदवारी रद्द गर्ने देखि लिएर १ लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ । यो सबै अधिकार निर्वाचन आयोगलाई रहेको छ ।

पुत्रवियोगमा रहेका प्रचण्डमाथी यस्तो प्रहारः

थापाले सामाजिक सञ्जालबाटै पुत्र वियोगमा रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डमाथि झटारो प्रहार गरेका छन् । आइतबार आकस्मिक हृदयघातबाट एक मात्र छोरा गुमाएका प्रचण्डमाथि थापाले व्यंग प्रहार गरेका हुन् । विभिन्न ठाउँबाट प्रचण्ड परिवारप्रति सहानुभूति तथा समवेदना आईरहेका बेला अध्यक्ष थापाले प्रकाश दाहालको निधनलाई १० वर्षे सशस्त्र द्धन्द्धसँग जोडेका छन् ।

सुझावको शैलीमा थापाले भनेका छन्, ‘पुत्रपुत्रीको शोकको पीडा कति असैह्य हुन्छ, शब्दमा बर्णन गर्न सकिन्न । प्रकाशको निधनले प्रचण्ड परिवारमा पर्न गएको क्षतिमा सबैको सहानभूति रहेको छ’, थापाले भनेका छन्, ‘विह्वलको घडीमा अन्यथा अर्थ नलाग्ने हो भने जनयुद्धको क्रममा कोख रित्तिएका र सिंदुर पुछिएकाप्रति प्रचण्डको क्षमायाचना सायद सान्दर्भिक हुने थियो ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org