ताजा समाचार

छिन्ताङवासी भन्छन्– ‘बाटो कालोपत्रे गर्नेलाई मत दिन्छौँ’

धनकुटा, १४ मंसिर । खाल्सा छिन्ताङ शहीद भूमि गाउँपालिका–१ का जनकबहादुुर वालिङले आफ्नो घर हुुँदै सदरमुकाम जाने बाटो पक्की गर्नेलाई मत दिने भएका छन् । “हिलेदेखि त्रिवेणी जोड्ने बाटो कालोपत्रे नहुँदा सदरमुकामसम्म जान साह्रै कठिन भएको छ, बर्खामासमा त झन हिलोले गाडी नै चलाउन मिल्दैन त्यसैले यस पटक जसले बाटो बनाउँछ उसलाई भोट दिने हो”– वालिङले भन्नुभयो ।

बाटो कालोपत्रे हुन नसक्दा गाउँमा उत्पादन भएका सुन्तला र अदुवालगायतका वस्तु सदरमुकामम्म पु¥याउन कठिन भएको छ । सदरमुकाम धनकुटाबाट हिले हुँदै करिब २२ किलोमिटर पश्चिममा पर्ने छिन्ताङवासीले बाटो÷घाटो सँगै खानेपानी, रोजगारी, शिक्षा र स्वास्थ्यको पनि माग गरेका छन् । छिन्ताङका स्थानीय मोतीप्रसाद राईले आफ्नो गाउँमा खाने पानीको अत्यन्त समस्या भएको भन्दै खाने पानीको व्यवस्था गर्न माग गर्नुभयो ।

एउटा मात्रै निर्वाचन क्षेत्र रहेको धनकुटाका उम्मेदवारले १ नम्बर प्रदेशको राजधानी बनाउने विषयलाई पहिलो चुनावी मुद्दा बनाएका छन् । राजनीतिक दलका नेताहरूले पटकपटक निर्वाचनमा त्रिवेणी जोड्ने बाटोलाई कालोपत्रे गर्छुं भन्दै आश्वासन मात्रै दिएको स्थानीयवासीको गुनासो छ । मंसिर २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा वर्तमान सरकारका उद्योगमन्त्री सुनिलबहादुर थापा र राजेन्द्र राईबीच चुनावी प्रतिस्पर्धाले हुँदैछ ।

वाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका राजेन्द्र राईले जनताले मत दिएर आफूलाई जिताएको खण्डमा धनकुटादेखि त्रिवेणी जोड्ने छिन्ताङको बाटोलाई प्राथमिकताका साथ कालोपत्रे गर्ने संकल्प गर्नुभएको छ । यी उम्मेदवारले आ–आफ्ना चुनावी घोषणापत्रमा प्रदेशको राजधानीलाई मुख्य मुद्दाका रुपमा अघि सारेका छन् । लोकतान्त्रिक गठबन्धनका तर्फका उम्मेदवार राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक का महामन्त्री समेत रहनुभएका मन्त्री थापाले धनकुटालाई प्रदेश नम्बर १ को राजधानी बनाउनुका साथै पर्यटन विकासमा जोड दिनुभएको छ ।

प्रदेशसभाको क निर्वाचन क्षेत्रबाट वाम गठबन्धनबाट एमालेका नीरन राई र लोकतान्त्रिक गठबन्धनबाट काँग्रेसका मनोहरनारायण श्रेष्ठ चुनावी मैदानमा उत्रिएका छन् ।त्यसैगरी धनकुटाको ख निर्वाचन क्षेत्रमा वाम गठबन्धनबाट इन्द्रमणि पराजुली र लोकतान्त्रिक गठबन्धनबाट संघीय समाजवादी फोरमका केन्द्रीय सदस्य अर्जुन थापा उम्मेदवार हुनुहुन्छ । रासस

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org