ताजा समाचार

नेकपाका जिल्ला सेक्रेटरी पक्राउ

 

उदयपुर, १५ मंसिर । नेपाल कम्युनिष्ट पार्टी विप्लव का जिल्ला सेक्रेटरी बाबुराम सुवेदीलाई प्रहरीले पक्राउ गरेको छ ।उदयपुर जिल्लामा निर्वाचन भाँड्ने र बम आक्रमण गर्न थालेपछि विप्लव माओवादीका कार्यकर्ता खोजी गरेर पक्राउ गर्ने क्रममा बिहीबार सुवेदीलाई जिल्लाको पूर्वी क्षेत्रको बेलका नगरपालिकाको घुम्ने भन्ने स्थानबाट पक्राउ गरेको प्रहरी उपरीक्षक नवराज भट्टले बताउनुभयो । यस्तै उदयपुर गढीको दनुवार बेंसीमा एम्बुस थाप्ने योजनाकार बलबहादुर मगरलाई पनि बुधबार राति नै पक्राउ गरिएको प्रहरीले बताएको छ । रासस

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org