बिहानैदेखि उद्यौली पूजा शुरु
उदयपुर मंसिर १७ । प्रत्येक वर्ष जस्तैयस पटक पनि उदयपुरको सदरमु्काम गाईघाटलगायत विभिन्न स्थानमा बसोवास गर्दै आएका किराती राई समुदायले आज बिहानैदेखि जिल्लाको त्रियुगा नगपालिका ११ स्थित बरुवा नदी किनारमा रहेको साकेला स्थानमा भेला भई उद्यौली पूजा मनाउने कार्य शुरु गरेका छन् ।
जिल्लाको त्रियुगा नगरपालिकासहित अन्यत्र बसोवास गरेका किराती राईहरुले गाईघाटस्थित साकेला स्थानमा ठूलो संख्यामा भेला भएर आफ्ना किराती पूजारी नाछुङ बाट भूमी पुजा र उद्यौली पूजा शुरु गरेको किरात राई यायोख्खा उदयपुरका अध्यक्ष विमल किरातीले बताउनुभयो । किरात राई यायोख्खा उदयपुर र त्रियुगा नगरपालिकाको आयोजनामा गाईघाटस्थित साकेला स्थानमा उद्यौली पर्व मनाउन शुरु गरिएको सम्बन्धित पदाधिकारीले बताउनुभयो ।
नयाँ अन्नबाट बनेको कोदाको जाँड, नयाँ धानको चामल, नयाँ अद्वा, कोदो, धानसहित नयाँ अन्नबाली र कुखुराको भाले भूमी देवीलाई चढाएर पूजा शुरु गरेको किरात राई यायोख्खा जिल्ला सदस्य गंगाबहादुर राई बताउनुभयो । उद्यौली पूजासँगै किराती राईका युवायुवतीले आ–आफ्ना पहिरनमा ढोल र झ्याम्टाका साथमा साकेला नृत्य समेत शुरु गरेर आफ्ना संस्कृति प्रर्दशन गरेका छन् । रासस
Comments
अरु समाचार
-
यसरी मनाइँदैछ विश्व पर्यटन दिवस
काठमाडौँ, ११ असोजः आज सेप्टेम्बर २७ अर्थात् ४५औँ विश्व पर्यटन दिवस नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । दिवसलाई...
-
शुक्रबार र शनिबार हिमाली तथा पहाडी जिल्लामा रात्रिबस नचलाउन विपद् प्राधिकरणको आग्रह
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम तथा न्यूनीकरण प्राधिकरणले आगामी चार दिन भारी वर्षाको सम्भावना रहेकाले उच्च जोखिम रहेका हिमाली र...
-
एकसय ५९ अधिवक्तालाई ‘वरिष्ठ अधिवक्ता’को उपाधि दिइने
काठमाडौँ। सर्वोच्च अदालतले एकसय ५९ अधिवक्ताहरुलाई वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गर्ने निर्णय गरेको छ । सर्वोच्च अदालतको पूर्ण बैठक (फूल...
-
भैरहवा भन्सारबाट व्यापक राजस्व छली
काठमाडौं । भैरहवा भन्सार जस्तो देशको दोस्रो ठुलो भन्सार कार्यालयमा विगतमा रसुवा र मेची भन्सार कार्यालय बस्दा धेरै राजस्व चुहावट...
-
उपनिर्वाचनका लागि मंसिर २ गते मनोनयन दर्ताको समय
काठमाडौं । स्थानीय तह उपनिर्वाचनका लागि आगामी मङ्सिर २ गते उम्मेदवारी दर्ता हुने भएको छ । निर्वाचन आयोगले बिहीबार प्रेस...
-
सभापति पक्राउ पर्ने सम्भावना बढेको भन्दै चीन गएको रास्वपाको टोली स्वदेश फर्कियो
काठमाडौं । पहिलो पटक चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा चीन भ्रमणमा गएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को टोली बिहिबार काठमाडौँ...
-
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, एक जना घाइते
काठमाडौं । बाँकेमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ, भने अर्का एक जना घाइते भएका छन् । राप्तीसोनारी...
-
भरतपुर महानगरपालिकाद्वारा अतिक्रमित संरचना हटाउन सुरु
काठमाडौं । भरतपुर महानगरपालिकाले पुङ्गी खोला मिचेर बनाइएका संरचना भत्काउन थालेको छ । नारायणगढको लायन्सचोकदेखि प्रहरी तालिम केन्द्रसम्मका संरचना भत्काउन...
-
लुम्बिनी प्रदेश सरकारले विश्व पर्यटन दिवस दाङमा मनाउने
काठमाडौं । लुम्बिनी प्रदेश सरकार, उद्योग पर्यटन तथा यातायात मन्त्रालय पर्यटन विकास परिषद् र घोराही उपमहानगरपालिकाको संयुक्त आयोजनामा यही असोज...