नेपाल जापान सम्बन्धलाई सुमधुर बनाउने उद्देश्यले जापानी राष्ट्रिय फूल ‘साकुरा’ रोप्ने समूह नेपालमा
काठमाडौँ, १९ मंसिर । नेपाल जापान सम्बन्धलाई सुमधुर बनाउने उद्देश्यले जापानी राष्ट्रिय फूल ‘साकुरा’ रोप्न वृद्ध जापानीको समूह नेपाल आएको छ । साकुरालाई शान्तिको प्रतीक मानिन्छ । विश्वमा शान्ति, भ्रातृत्व र समृद्धिको सन्देश प्रवाह गर्न जापानीले २३ देशका ३५ शहरमा साकुरा रोप्दै आएका छन् । नेपालमा यस वर्ष पहिलो पटक दुई देशबीचको सम्बन्धलाई प्रगाढ बनाउन राष्ट्रिय शहीद स्मारक गोकर्णमा डेढ फिट उचाइका २०० साकुरा फूल रोपिएको छ ।
साकुरा रोप्न आएको चेरी ब्लुस्म एशोसिएसनका अधिकांश व्यक्ति ६० वर्षभन्दा बढी उमेरका छन् । नेपालका गाउँगाउँमा साकुरा रोपेर दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने चाहनाले बाह्र जनाको वृद्धको समूह नेपाल आएको हो ।पुष्परोपण शुरुवात गर्दै नेपालका लागि जापानी राजदूत मासासी ओगावाले नेपालमा पनि साकुरा हुर्कन सक्ने वातावरण भएकाले शान्तिको सन्देश फैलाउने उद्देश्यले रोपिएको बताउनुभयो । कृषि विकास मन्त्रालयका सहसचिव हेमलाल अर्यालले साकुरा चुरे क्षेत्रमा पनि रोप्ने तयारी भइरहेको जानकारी दिनुभयो ।
काठमाडौँ महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले प्रदूषित बन्दै गएको काठमाडौँ उपत्यकालाई स्वच्छ, सफा र हराभरा बनाउन जापानीको अभियानले सहयोग पुग्ने बताउनुभयो । “प्राकृतिक वातावरणमा स्वच्छतासँगै साकुरा फूल रोप्नाले शान्तिको सन्देश समेत प्रवाह गर्ने उद्देश्यले २३ देशका ३५ देशमा सञ्जाल बनाइएकाले यो एउटा अभियान बनेको छ, यस्तो अभियानलाई महानगरले पनि सहयोग गर्छ”, उहाँले भन्नुभयो ।
गोकर्णेश्वर नगरपालिकाका उपप्रमुख शान्ति नेपालले फूल हुर्काउन नगरपालिकाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । स्मारकका अध्यक्ष सुदर्शन सिग्देलले फूल हुर्काउन कुनै कसर बाँकी नराखिने र रेखालुको व्यवस्था गरिने सुनाउनुभयो ।
नेपालमा साकुरा रोप्ने कामको समन्वय एवं नेतृत्व गर्नुभएका नेपाल पिस सोसाइटीका अध्यक्ष तथा जापानमा कार्यरत अन्तर्राष्ट्रिय कानून व्यवसायी बलराम श्रेष्ठले यो कार्यक्रमलाई आगामी वर्ष अन्यत्र पनि विस्तार गरिने जानकारी दिनुभयो ।नेपालमा साकुरा रोप्न प्राविधिक सहयोग गर्ने एशोसिएसनका मात्सुजावा हिरोबुमीले यस वर्ष रोपिएका फूल संरक्षण भएका आधारमा अर्को वर्षदेखि कार्यक्रमलाई विस्तार गरिने बताउनुभयो । रासस
Comments
अरु समाचार
-
यसरी मनाइँदैछ विश्व पर्यटन दिवस
काठमाडौँ, ११ असोजः आज सेप्टेम्बर २७ अर्थात् ४५औँ विश्व पर्यटन दिवस नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । दिवसलाई...
-
शुक्रबार र शनिबार हिमाली तथा पहाडी जिल्लामा रात्रिबस नचलाउन विपद् प्राधिकरणको आग्रह
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम तथा न्यूनीकरण प्राधिकरणले आगामी चार दिन भारी वर्षाको सम्भावना रहेकाले उच्च जोखिम रहेका हिमाली र...
-
एकसय ५९ अधिवक्तालाई ‘वरिष्ठ अधिवक्ता’को उपाधि दिइने
काठमाडौँ। सर्वोच्च अदालतले एकसय ५९ अधिवक्ताहरुलाई वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गर्ने निर्णय गरेको छ । सर्वोच्च अदालतको पूर्ण बैठक (फूल...
-
भैरहवा भन्सारबाट व्यापक राजस्व छली
काठमाडौं । भैरहवा भन्सार जस्तो देशको दोस्रो ठुलो भन्सार कार्यालयमा विगतमा रसुवा र मेची भन्सार कार्यालय बस्दा धेरै राजस्व चुहावट...
-
उपनिर्वाचनका लागि मंसिर २ गते मनोनयन दर्ताको समय
काठमाडौं । स्थानीय तह उपनिर्वाचनका लागि आगामी मङ्सिर २ गते उम्मेदवारी दर्ता हुने भएको छ । निर्वाचन आयोगले बिहीबार प्रेस...
-
सभापति पक्राउ पर्ने सम्भावना बढेको भन्दै चीन गएको रास्वपाको टोली स्वदेश फर्कियो
काठमाडौं । पहिलो पटक चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा चीन भ्रमणमा गएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को टोली बिहिबार काठमाडौँ...
-
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, एक जना घाइते
काठमाडौं । बाँकेमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ, भने अर्का एक जना घाइते भएका छन् । राप्तीसोनारी...
-
भरतपुर महानगरपालिकाद्वारा अतिक्रमित संरचना हटाउन सुरु
काठमाडौं । भरतपुर महानगरपालिकाले पुङ्गी खोला मिचेर बनाइएका संरचना भत्काउन थालेको छ । नारायणगढको लायन्सचोकदेखि प्रहरी तालिम केन्द्रसम्मका संरचना भत्काउन...
-
लुम्बिनी प्रदेश सरकारले विश्व पर्यटन दिवस दाङमा मनाउने
काठमाडौं । लुम्बिनी प्रदेश सरकार, उद्योग पर्यटन तथा यातायात मन्त्रालय पर्यटन विकास परिषद् र घोराही उपमहानगरपालिकाको संयुक्त आयोजनामा यही असोज...