ताजा समाचार

पिसाब फेरेको बिषयमा वाम गठबन्धनमाथि फोरम कार्यकर्ताको आक्रमण, १ जना गम्भीर घाइते

महोत्तरी, २० मंसिर । पिसाब फेरेको विषयमा विवाद हुँदा महोत्तरीको गौशालामा दुई पक्षबीच झडप भएको छ । संघीय समाजवादी फोरमका कार्यकर्ता र वाम गठबन्धनका कार्यकर्ताबीच झडप हुँदा एक जना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा प्रमोद कुमार महतो रहेका छन् ।

गएराति १२ बजे फोरमको तर्फबाट महोत्तरी क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभाका उमेदवार लक्ष्मी महतोका कार्यकर्ता र वाम गठबन्धनका कार्यकर्ताबीच पिसाब फेरेको बिषयमा भनाभन हुँदा फोरमका कार्यकर्ताले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी कुुवेर कडायतले जानकारी दिए । आक्रमणमा परि वामगठबन्धनका कार्यकर्ता घाईते भएका हुन् ।

घाइते प्रमोदले उम्मेदवार महतोको भतिजो सचिव महतोको कारण पिसाब फेरेको बिषयबाट भनाभन हुँदा झडप भएको र उम्मेद्वार लक्ष्मी महतोका भान्जा सुरेन्द्र महतोले प्रमोद्लाई छुरा प्रहार गर्न खोजेको बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org