ताजा समाचार

पहिलो चरणको नतिजामा एमाले सबैभन्दा ठूलो दल हुने बाटोतिर

काठमाडौं, २२ मंसिर । पहिलो चरणको नतिजामा एमाले सबैभन्दा ठूलो दल हुने पक्का भएको छ । बिहीबार साँझ पाँच बजेदेखि ३२ जिल्लामा जारी मतगणनामा अहिले सम्म चार क्षेत्रमा एमाले विजयी भईसकेको छ । त्यस्तै माओवादी केन्द्र र नेपाली कांग्रेस एक/एक स्थानबाट विजयी भएका छन् ।

अग्रताको हिसावले पनि एमाले निकै अगाडि रहेको छ । एमालेले प्रदेशसभा र प्रतिनिधिसभा दुवै तर्फ गरेर ३६ क्षेत्रमा अग्रता लिएको छ । त्यस्तै माओवादी केन्द्रले प्रदेश र प्रतिनिधिसभा दुवै तर्फ २९ क्षेत्रबाट अग्रता लिईरहेको छ । एक क्षेत्रबाट विजयी भएको नेपाली कांग्रेसले अहिलेसम्म ८ क्षेत्रमा अग्रथता लिईरहेको छ ।

यो हिसाबले गर्दा पनि एमाले पहिलो चरणको निर्वाचनमा सबैभन्दा ठूलो पार्टी हुने पक्का भएको हो । नेपाली कांग्रसका गढ मानिने मनाङ र मुस्ताङबाट एमालले जीतको खाता खोलेको छ । मतगणनाको पछिल्लो तथ्यांक आउँदा कांग्रेसको जीत हुँदै आएको ओखलढुंगा, नुवाकोट र सोलुमा समेत नेकपा एमाले र नेकपा माओवादी केन्द्रका उम्मेद्वारहरुले मतको अन्तर बढाउँदै लगेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org