ताजा समाचार

गोरखामा नारायणकाजीले हार स्वीकार्दै बाबुरामलाई दिए बधाई

काठमाडौं, २३ मंसिर । नेकपा माओवादी केन्द्रका नेता एवं गोरखा २ का उम्मेदवार नारायणकाजी श्रेष्ठले हार स्वीकार गरेका छन् । गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका नेता श्रेष्ठले हार स्वीकार गर्दै चुनावी प्रतिस्पर्धी डा. बाबुराम भट्टराईलाई जितका लागि बधाई दिएका छन् ।

उनले भनेका छन्, ‘गोरखा २ का आदरणाीय मतदाताको निर्णयलाई शिरोधार्य गर्दै विजयका निम्ति डा. बाबुराम भट्टराईलाई बधाई ।’ उनले आफ्नो निर्वाचन क्षेत्रको परिणाम जे जस्तो भएपछि देश जनता, सत्य र न्याय प्राप्तिका निष्ठामा अविचलित रहने बाचा गरेका छन् । अत्यनतै चाँसोका साथ हेरिएको गोरखा क्षेत्र नम्बर २ मा नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई जीतको नजिक पुगिसकेका छन् ।

श्रेष्ठले ट्वीटर मार्फत ट्वीट गर्दै भनेका छन्, ‘मैले सधै नेपाली कम्युनिष्ट आन्दोलनको एकीकरण र बाम-गठबन्धनको पक्षमा प्रयत्न गरिरहें । ब्यक्तिगत रुपमा मेरो पराजय भएपनि बामगठबन्धनको शानदार बिजयबाट म अत्यन्त खुसी छु । मेरा लागि यो नै ठुलो बिजय हो । बाम सरकारद्वारा समाजवाद उन्मुख समृद्धि हाँसिल गर्न र पार्टी एकता सफल पार्न लागिपर्नेछु।’

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org